किरात ये़ले़ संवत्, व्यवहारिक पात्रो निर्माण र प्रयोगको बाटो – अमर तुम्याहाङ/बलिराज खम्बु

सार
यस लेखमा किरात ये़ले़ संवत् र त्यसको आधारमा व्यवहारिक पात्रो निर्माण र प्रयोगको सम्बन्धमा चर्चा गरिने छ । संवत्का विषयमा कालगणनाका आधार र प्रामाणिकता, राष्ट्रिय मान्यताका लागि भएका प्रयासहरू, संवत् प्रयोगमा देखिएका समस्याहरू र सम्भावित उपायहरु छलफलका लागि प्रस्तावित पात्रोको उल्लेख हुने छ भने पात्रोको सम्बन्धमा यससँग सम्बन्धित विभिन्न पक्षको सन्दर्भ उल्लेख गरिएको छ ।

किरात ये़ले़ संवत्को कुरा
प्रथम किरात राजा यलम्वरको स्मृतिमा प्रयोगमा आएको किरात ये़ले़ संवत् स्मारक संवत् (खम्बु र अन्य, २०१०) हो । मिथकीय आधारमा यस संवत्को गणना पाँचहजार वर्षभन्दा माथि मानिने विषय यस संवत्लाई राष्ट्रिय संवत्का रुपमा मान्नुपर्दा यसको राष्ट्रिय आधारशीला गुम्ने, ऐतिहासिक एवम् पुरातात्विक आधार नहुने जस्ता समस्याहरू हाम्रासामु खडकिने कुरा विद्यमान छन् । यसो गरेमा नेपाल मुलुकमा रहेको किरातहरूको तथ्यपरक अकण्टक इतिहास बेवारिसे हुने विषय पनि विचारणीय पक्ष हो भने विश्वका ऐतिहासिक घटनाक्रमहरूसँग पनि यसको कालक्रमिक नाता अश्वभागिक त हुनु भएन नै । यो युग कल्पनातीत वा मिथकमा भन्दा ठोस प्रमाणमा बढी विश्वास गर्ने युग भएकाले नेपाल राष्ट्रका पुरातात्विक र ऐतिहासिक प्रमाणहरूको कसी लगाएर किरात ये़ले़ संवत् पुनप्र्रचलन गर्नु लोकसम्मत प्राज्ञिक कार्य हो भनिरहनु परोइन ।

किरात ये़ले़ संवत् पुनर्गणनाका आधार र प्रामाणिकता
किरात ये़ले़ संवत्को कालगणनाको आधार के हो ? यो प्रश्न जनचासोको स्वभाविक विषयमात्र होइन, गम्भीर अध्ययन र चिन्तन मननको प्रसङ्ग पनि हो । तर यस कुरामा कोही भने साँढेझैँ झुद्ने पोजिसनमा उभिएर परम्परागत ये़ले़ संवत् यथावत् रहोस् (कन्दङ्वा, २०६८) नत्र ! भन्छन् भने कतिपय पदभीरुहरू आधारहीन कालगणना आफ्नै प्राण पखेरुजस्तो झन्झन् कसिलो गरी पक्रिन प्रयासरत रहेका देखिन्छन्, त्यसबारेमा खोज अनुसन्धानको भगीरथ काममा लाग्नु त कता को कता !

आपदको बेलामा तेन्द्रोको सहारा भनेजस्तै पहिचान र अस्तित्व भासको भूमरीमा परेका वि.सं. २०४६ को परिवर्तनपछिका नेपालका किरातहरूले सिक्किमका जसहाङ मादेनले सुरु गरेको किरात ये़ले़ संवत् लाई अपनाउनु एउटा भरोसा लिनुको कार्यभाव थियो । त्यसको आसय यो होइन कि त्यसलाई हाम्रो ऐतिहासिक प्रमाण र पुरातावित्वक कसीमा घोट्नै हुन्न, मिथकमा मात्रै भर पर्नुपर्छ । यसो भन्न खोजिएको प्रतीत हुन्छ कि “त्यसो गर्नु ठूलो अपराध हो” तर हामी विज्ञान र प्रविधिको युगमा बाँचिरहेका छौँ; कथामा मात्र आधारित भएर होइन; आवश्यकता अनुसार ल्याबमा आधारित परीक्षण–परिणाममा आस्वस्त हुन अभ्यस्त छौँ । यसर्थ पनि किरात ये़ले़ संवत् को कालगणना लामो समयदेखि छलफल र बहसको विषय बन्दै आएको कुरा कसैबाट छिपेको छैन ।

वैरागी काइँलाको किराती संवत्देखि ये़ले़ संवत् सम्म (तान्छोप्पा पत्रिका, वार्ष १३, अङ्क १, माघ २०६४ मा प्रकाशित) लेखको आधारमा नवयमन्वय द्वैमाषिक पत्रिकाले २०६५ माघ १८ गते ये़ले़ संवत् ऐतिहासिकता समसामयिक सन्दर्भ विषयक अन्तरक्रियापछि आरम्भ भएको किरात ये़ले़ संवत् को कालगणनाको बहसले बृहत् अभियानको रुप लियो । १४ र १५ नोभेम्बर, २००९ मा प्राज्ञ वैरागी काइँलाको अगुवाइमा किरात ये़ले़ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी नै सम्पन्न भयो । यस ऐतिहासिक गोष्ठीले जारी गरेको किरात ये़ले़ संवत् घोषणापत्र – २००९ र यसले निकालेका निष्कर्षको आधारभूमिलाई टेकेर ये़ले़ संवत् को कालगणनाको ऐतिहासिक प्रमाणको आधारमा टुङ्गोमा पुर्‍याउने काम एउटा कोणबाट गरेको छ । किरात ये़ले़ संवत् अध्ययन समन्वय समितिको पहलमा सम्बन्धित विषय विशेषज्ञहरूले किरात ये़ले़ संवत् को कालगणना निर्णय गरेको र त्यसलाई समितिको तर्फबाट किरात समन्वय समितिलाई बुझाएको निर्णयको अंश निम्न अनुसार रहेको छ:

१४ डिसेम्बर, २०१० (२०६७ मङ्सिर २८ गते) मङ्गलबार … भएको किरात ये़ले़ संवत् काल निर्धारणसम्बन्धी अन्तरक्रिया कार्यक्रमले किरात ये़ले़ संवत् को काल निर्धारण गर्नका लागि गोपालराजवंशावलीलाई मुख्य आधार मान्ने निर्णय गर्दै प्रा. डा. जगदीशचन्द्र रेग्मीबाट १४–१५ नोभेम्बर, २००९ (कात्तिक २८–२९, २०६६) मा प्रस्तुत भएको किरात ये़ले़ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रमा उल्लेख भएको ३१ औँ किरात राजा खुरांजको शासन काल १८ वर्ष उल्लेख भएको तर मञ्जुल याक्थुम्बाबाट सो शासन काल १८ वर्ष नभई ७८ वर्ष हुनुपर्ने राय अगाडि अएकाले उल्लेखित १८ वा ७८ वर्षमध्ये कुन हो सत्यतथ्य प्रमाण हेरी स्रोत व्यक्तिहरू र किरात येÞलेÞ संवत् अध्ययन समन्वय समितिको संयुक्त पहलमा किटान गरी किरात समन्वय समितिमा पेश गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम २३ डिसेम्बर, २०१० बिहीबाको दिन प्रा. डा. जगदीशचन्द्र रेग्मी, मञ्जुल याक्थुम्बा र शङ्कर साम्पाङ राई राष्ट्रिय अभिलेखालयमा गई माथि उल्लेखित ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष वा ७८ वर्ष हो भन्ने बारेमा इतिहासकार तथा लिपि विशेषज्ञ ऐश्वर्यधर शर्मा, लिपि विशेषज्ञ सिद्धिरत्न शाक्य, अभिलेखालय प्रमुख भीम नेपाल र अनुसन्धान अधिकृत राजु रिमालको रोहबरमा बसेर गरिएको गोपालराजवंशावलीको मूलप्रतिको परीक्षण पश्चात् ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष नभई ७८ वर्ष नै रहेको पुष्टी भयो ।

काठमाडौँ मालीगाउँबाट पाइएको मूर्तिमा लेखिएको शिलालेखबाट संवत् १०७ मा राजा जयवर्माको नाम लेखिएको पाइएको हुनाले र गोपालराजवंशावलीको वर्णनमा ३२ पुस्ता किराती राजापछि वर्मावंशी राजाहरूको नामावली पाइनेमा यिनै जयवर्मा नामको राजाले आफ्नो राज्यस्थापना गरेको उपलक्ष्यमा आफ्नो सालिक सो मितिमा खडा गरेको बुझिन आउँछ । यस आधारबाट किरात शासनको अन्त्य संवत् १०७ (ई.सं. १८५) मा भएको र वर्मावंशको शासन सुरु भएको देखिन आउँछ । यस कालगणनाको आधारमा गोपालराजवंशावलीमा वर्णित ३२ पुस्ता किरात राजाहरूको शासन वर्षका अङ्कहरू सबै जोडेर हिसाब गर्दा हुन आउने काल गणनालाई किरात राजवंशको शासन अवधि मान्नु पर्ने देखिन्छ । उल्लेखित ई.सं. १८५ बाट पूर्व काल गणना गरेर हिसाब गर्दा निस्कने अङ्क १९६४ (१९६३ वर्ष ८ महिना) मा १८५ घटाएपछि हुनआउने १८७९ (१८७८ वर्ष ८ महिना) योगफलमा २०११ जोडेपछि हुनआउने समग्र योगफल ३७९० (३७८९ वर्ष ८ महिना) हुन आउँछ । यसअनुसार किरात राजा एलम्/येलुङ/यलम्वरको शासन आरम्भ वर्ष ई.पू. १८७९ (१८७८ वर्ष ८ महिना) पूर्व भएको मान्नुपर्ने देखिन्छ (खम्बु र अन्य पूर्वत्, २०१०: २२७–२२८) ।

यी तलका आधारमा सन् २०२४ मा किरात ये़ले़ संवत् ३८०३ हुन आउँछ ।
यो अंशमा उल्लेखित प्रमाणहरू नेपालको इतिहासका सबैभन्दा पुराना र भरपर्दा हुन् जो अभिलेखालय र सङ्ग्रहालयमा अद्यावधि उपलब्ध रहेका छन् । यी प्रमाणहरूको आधारमा निर्धारण गरिएको किरात ये़ले़ संवत्को काल गणना सबैभन्दा विश्वासनीय र प्रमाणिक हो भनेर भनिरहनु परोइन ।

गोपालराजावंशावलीका आधारमा किरात राजाहरूको शासनक्रम अनुसारको शासन वर्ष र त्यसको अवधि (ईसापूर्वबाट ईस्वी संवत्को क्रममा) निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।
१. राजा श्रीएलम् (यलम्बर), ९० वर्ष (१७७९–१६८९ ई.पू.)
२. राजा श्रीपेलम्, ८१ वर्ष (१६८९–१६०८ ई.पू.)
३. राजा श्रीमेलम्, ८९ वर्ष (१६०८–१५१९ ई.पू.)
४. राजा श्रीचंमिं, ४२ वर्ष (१५१९–१४७७ ई.पू.)
५. राजा श्रीधस्कं, ३७ वर्ष (१४७७–१४४० ई.पू.)
६. राजा श्रीवलुंच, ३१ वार्ष ६ महिना (१४४०–१४०८ ई.पू.)
७. राजा श्रीहुंतिं, ४० वर्ष ८ महिना (१४०८–१३६७ ई.पू.)
८. राजा श्रीहुरमा, ५० वर्ष (१३६७–१३१७ ई.पू.)
९. राजा श्रीतुस्के, ४१ वर्ष ८ महिना (१३१७–१२७५ ई.पू.)
१०. राजा श्रीप्रसफुं, ३८ वर्ष ६ महिना (१२७५–१२३७ ई.पू.)
११. राजा श्रीपव, ४६ वर्ष (१२३७–११९१ ई.पू.)
१२. राजा श्रीदास्ती, ४० वर्ष (११९१–११५१ ई.पू.)
१३. राजा श्रीचम्ब, ७१ वर्ष (११५१–१०८० ई.पू.)
१४. राजा श्रीकंकं, ५४ वर्ष (१०८०–१०२६ ई.पू.)
१५. राजा श्रीस्वनन्द, ४० वर्ष ६ महिना (१०२६–९८५ ई.पू.)
१६. राजा श्रीफुकों, ५८ वर्ष (९८५–९२७ ई.पू.)
१७. राजा श्रीशिंघु, ४९ वर्ष ६ महिना (९२७–८७७ ई.पू.)
१८. राजा श्रीजुलम्, ७३ वर्ष ३ महिना (८७७–८०४ ई.पू.)
१९. राजा श्रीलुकं, ४० वर्ष (८०४–७६४ ई.पू.)
२०. राजा श्रीथोरम्, ७१ वर्ष (७६४–६९३ ई.पू.)
२१. राजा श्रीथुको, ८३ वर्ष (६९३–६१० ई.पू.)
२२. राजा श्रीवम्र्म, ७३ वर्ष ६ महिना (६१०–५३७ ई.पू.)
४३. राजा श्रीगुंजं (गुंजंको अर्को नाम गस्ती)८, ७२ वर्ष ७ महिना (५३६–४६३ ई.पू.)
२४. राजा श्रीपुष्क (पुष्कको अर्को नाम पटुक)८, ८१ वर्ष (४६३–३८२ ई.पू.)
२५. राजा श्रीत्यपमि, ५४ वर्ष (३८२–३२८ ई.पू.)
२६. राजा श्रीमुगमम्, ५८ वर्ष (३२८–२७० ई.पू.)
२७. राजा श्रीशसरु, ६३ वर्ष (२७०–२०७ ई.पू.)
२८. राजा श्रीगुंणं, ७४ वर्ष (२०७–१३३ ई.पू.)
२९. राजा श्रीखिम्बुं, ७६ वर्ष (१३३–५७ ई.पू.)
३०. राजा श्रीगिरिजं, ८१ वर्ष (५७ ई.पू.–२२ ई.सं.)
३१. राजा श्रीखुरांज, ७८ वर्ष (२२–१०० ई.सं.)
३२. राजा श्रीखिगु, ८५ वर्ष (१००–१८५ ई.सं.)
३२ किरात राजाहरुको जम्मा शासन काल १९६३ वार्ष ८ महिना अर्थात् १९६४ वर्ष ।
(नोट: राजाहरूको नाम गोपालराजावंशालीमा उल्लेख भएअनुसार जस्ताको तस्तै राखिएको छ ।)

किरात ये़ले़ संवत् राष्ट्रिय मान्यताका लागि भएका प्रयासहरू
यस संवत्लाई राष्ट्रिय मान्यता दिलाउनका लागि किरात ये़ले़ संवत् अन्ययन समन्वय समितिका संयोगक प्राज्ञ वैरागी काइँलाको अगुवाइ तथा चार किरातजन्य संस्थाहरूको संयुक्त पहलमा राज्यका प्रमुख अङ्गहरूमा मागपत्र, स्मरणपत्र र ज्ञापनपत्रहरू बुझाउने काम भएको छ । यसैक्रममा तत्कालीन प्रधामन्त्री माधवकुमार नेपालसमक्ष २०६६ साल पुस ३० गते ज्ञापनपत्र प्रस्तुत गरियो भने तत्कालीन संस्कृतिमन्त्री मिनेन्द्र रिजालसमक्ष २०६६ माघ १२ गते मागपत्र बुझाइ ये़ले़ संवत्लाई राष्ट्रिय मान्यता दिनको लागि पहल गरिदिन अनुरोध गरिएको थियो । यसरी नै २०६६ साल माघ १० गते राष्ट्रपति डा. रामवरण यादवसमक्ष स्मरणपत्र, २०६६ माघ ११ गते संविधानसभाका अध्यक्ष सुवास नेम्बाङसमक्ष स्मरणपत्र र २०६६ माघ ७ गते तत्कालीन प्रमुखप्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष स्मरणपत्र बुझाउने काम भएको थियो । यसरी नै आगामी संविधानको अनुसूचीमा किरात ये़ले़ संवत्लाई राखियोस् भनी संविधान अवधारणपत्र तथा प्रारम्भिक मस्यौदा अध्ययन समितिका संयोजक अग्नि खरेललाई समेत मागपत्र बुझाइएको थियो ।

किरात ये़ले़ संवत्को व्यवहारिक प्रयोगका क्रममा देखिएका समस्यहरू
किरात समाजको सांस्कृतिक ढुकढुकीका रुपमा रहेको किरात ये़ले़ संवत् (खम्बू र अन्य पूर्ववत्) को अविछिन्न प्रयोग किरात जातिको जीवनपद्दति नै भएको छ । यसैमा किराती जाति गर्व गर्दछ । तर किरात ये़ले़ संवत्को व्यवहारिक प्रयोगका क्रममा केही आधारभूत समस्याहरू देखिएका छन् । लामो समयसम्म यसको कालगणनालाई प्रामाणिक बनाउने प्रयास नै भएन । पछिल्लो समयमा आएर यस विषयमा विसद् छलफल भएको छ र छलफलले प्रामाणिक परिणाम पनि दिएको छ । आश्चर्यको विषय के छ भने व्यक्तिगत रुपमा किरातजन्य संस्थाका अगुवाहरूले यसप्रति सम्मति प्रकट गरे पनि संस्थागत निर्णय गरी अगाडि बढ्नका लागि तत्पर देखिएका छैनन् । कतै किरातजन्य संस्थाहरूले यस विषयलाई नजरअन्दाज त गरेका होइनन् भन्ने प्रश्न पनि उठिरहेकै छ ।

किरात ये़ले़ संवत् चन्द्रमा पात्रोमा आधारित संवत् हो भन्ने कुरामा जनविश्वास भए पनि यसबारेमा आधिकारिक निर्णय भएको छैन । करिब एक दशकदेखि किरात ये़ले़ संवत्को नयाँ वर्ष माघ महिनाबाट आरम्भ हुन्छ भनी मान्न थालिएको छ । यो पद्दति चन्द्रमा पात्रोको विपरीत सौर्य पात्रोको प्रचलन हो । तर सर्वसाधारण किरातीदेखि बुद्धिजीवी र समाजका नेता हौँ भन्ने किराती अगुवाहरू समेत पनि यस विषयमा अनभिज्ञ देखिन्छन् जुन कुरा एउटा तीक्ष्ण व्यङ्ग्यको रुपमा लिइने गरिन्छ ।

तेस्रो समस्या भनेको किराती दर्शनमा आधारित ज्योतिषहरूको खडेरी हो । किरात ज्योतिष सङ्घको नाममा स्थापित संस्थाका ज्योतिषहरू पनि हिन्दू दर्शनबाट ओत्प्रोत् छन् । उनीहरू हिन्दू दर्शनमा आधारित ज्योतिष परम्पराबाट मुक्त हुनु अर्को विकराल अवस्था हो । ज्योतिषका सबै विधाका व्यक्तिहरू अनिकाल हुनु अर्को समस्या छन् । यसका साथै किरात भाषाको शास्त्रीय बार, दिन, तिथि, मितिको खोजको अभावमा आआफ्नो भाषाबाट ती प्राविधिक शब्दहरू खोज्दाखोज्दै, प्रयोगको अभ्यास गर्दा गर्दै घुमिफिरी रुम्जाटारे नियति हाम्रोसामु त्रासद मुख बाएर बसेको छ ।

हालसम्म समाधान भएका समस्याहरू
विगतमा किरात ये़ले़ संवत् सम्बन्धमा विभिन्न समस्याहरू थिए । ती विषयमा विभिन्न कालखण्डमा विभिन्न विद्वान् विदुषी तथा सङ्घ संस्थाहरूको सक्रिय सहभागितामा विसद छलफल भई सम्बन्धित सवालहरू समाधान भएका छन् । तिनलाई निम्न अनुसार तालिकीकरण गर्न सकिन्छ:

सवाल: १) किरात संवत् या यले संवत्को सम्बन्ध के वा कोसँग ? (किरात सभ्यतासँग ?, येलुङ् (कर्कपेट्रिक अनुुसार), एलम् (बज्राचार्य अनुसार), यलम्ब (माबुहाङ अनुसार), यलम्बर (शर्मा अनुसार) आदि सँग ।
समाधान: १) …राजा यलम्वरको स्मारक संवत्को रूपमा किरात ये़ले़ संवत् प्रचलनमा रहेको वा प्रचलन गर्ने (किरात ये़ले़ संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी, २००९, घोषणापत्र) निर्णय । अर्थात् किरात सभ्यतासँग नभएर प्रथम किरात राजा यलम्बरको स्मरणमा प्रयोग र प्रचलनमा ल्याइएको संवत् ।
सवाल: २) कुन नाम चलाउने ?
(किरात संवत्, येल संवत्, यले संवत्, येले दोङ, यल संवत्, किरात एले संवत्, येल थोचे, किरात ये़ले़ संवत् आदि ।)
समाधान: २) २०६६/५/२२ मा संयोजक टङ्कराम सुनुवारको अध्यक्षतामा बसेको किरात समन्वय समितिको बैटकले अब उपरान्त संवत्को नाम “किरात ये़ले़ संवत्” चलाउने र “संवत्” शब्दलाई आआफ्नो मातृभाषामा चलाउने निर्णय भयो ।
सवाल: ३) राज्यबाट मान्यता दिलाउन के गर्ने ?
समाधान: ३) २०६६/९/१ मा संयोजक टङ्कराम सुनुवारको अध्यक्षतामा बसेको किरात समन्वय समितिको बैठकले किरात ये़ले़ संवत्लाई नेपाल सरकारबाट मन्यता प्राप्त गराउन प्रधानमन्त्री, राष्ट्रपति, संविधानसभाका सभाध्यक्ष लगायत प्रमुख राजनीतिक दलहरूलाई ज्ञापनपत्र दिर्ने निर्णय ।

पात्रो प्रचलनको उद्देश्य
पात्रो प्रचलनको सामान्य उद्देश्य भनेको विगत र आगत समयको गणना (reckon) मा सघाउ पुर्‍याउनु हो । बालीनाली थन्क्याउने समय, महत्वपूर्ण चाडपर्व, विशिष्ट घटनाहरूको सम्झना गराउने काम पनि यसले गर्दछ ।

आदिम कालका बनेका क्यालेन्डर वा पात्राहरू ती पात्राहरू बनाउने व्यक्ति बसोबास गर्ने भूगोलबाट पूरापुर प्रभावित थिए । ठन्डी भेगीय मुलुकमा वर्ष निर्धारणको अवधारणा जाडो या हिउँद याम या ऋतुको अन्त्यसँग सम्बन्धित थियो भने गर्मी भेगीय मुलुकमा ऋतुको बदलामा चन्द्रमा समय गणनाको आधारभूत तत्व बनेको पाइन्छ । “दिन गणनाका लागि चन्द्रमाको सृष्टि भएको हो” भन्ने जुहरूको पुरानो किताबमा लेखिएबाट पनि पछिल्लो कुरालाई थप पुट दिन्छ ।

भनिन्छ, पात्रो सांस्कृतिक संविधान हो जसको अभावमा समाज एककदम पनि अगाडि बढ्न सक्दैन । यसर्थ पात्रो बनाउनु भनेको समाजलाई सहज रुपमा डोर्‍याउने स्वभाविक यत्न पनि हो ।

पात्रो तथा संवत्का आधारहरू
संसारमा चलनमा रहेका संवत्हरूको गणनाको मूल आधार दुई वटा देखिन्छन्: चन्द्रमाको गति र सूर्यको गति । यी दुईको संयुक्त रुपको आधारमा पनि पात्रो निर्माण भएको देखिन्छ जसलाई चान्द्र–सौर्य पात्रो भनिन्छ जसको मूल आधार ऋतु हो भन्ने कुरा परिभाषामा पाइन्छ । चन्द्रमाको गतिको आधारमा चलेका संवत्हरूलाई चान्द्र पात्रो (lunar calendar) र सूर्यको गतिको आधारमा चलेका संवत्हरूलाई सौर्य पात्रो (solar calendar) भनिन्छ । चान्द्र पात्रो तिथिमा आधारित हुन्छ भने सौर्य पात्रो गतेमा आधारित हुन्छ । गतेको मूल आधार सूर्य १२ वटा ग्रहहरूमा क्रमैसँग सङ्क्रमण हुने आधारमा निर्धारण हुने गर्दछ । इजिप्टका क्लाउडियस टोलेमी (Claudius Ptolemy) ले २०० बी.सी. अर्थात् आजभन्दा २२ सय वर्षजति अघि राशीहरू पत्ता लगाए अनि जनावर र मिथकीय पात्रहरूको नामको आधारमा तिनको नामाकरण (Illustrated Science Encyclopedia 2010: 132, 133, 174) गरेको मानिन्छ । यसको आधारमा सौर्य पात्रो या गतेमा आधारित पात्रो प्रणाली कान्छो र तिथि वा चान्द्रमा आधारित पात्रो पुरानो मानिन्छ ।
तर चान्द्र वर्षमा पनि दुई प्रकारको गणना पाइन्छ । भारतीय कालचक्रतन्त्रमा आधारित तिब्बती कार्ची पात्रोमा ३६० दिनको एक चान्द्रवर्ष मानिन्छ भने चिनियाँ पात्रो र हिजरी पात्रोमा ३५४ दिनको एक वर्ष मानिन्छ । ३६० दिनको पात्रो अनुसरण गर्नेको नयाँ वर्ष फागुन शुक्लपक्ष परेवाका दिन र ३५४ दिनको पात्रो मान्नेहरूको नयाँ वर्ष माघ शुक्लपक्ष प्रतिपदाको दिन पर्दछ जसलाई वसन्त उत्सवको रुपमा मनाइन्छ (तामाङ, २०१२) ।

प्राचीन कालमा पात्रो (संवत्) को प्रचलन
प्राचीन इजिप्टवासीहरूले हरेक महिना ३० दिन हुने र १२ महिनाको एक वर्ष कायम हुने पात्रो चलाएको पाइन्छ । यसको आधारमा ३६० दिनको एक वर्ष हुन आउँथ्यो । यो सौर्य गतिमा आधारित पात्रो थियो । पछि आएर ४,००० बी.सी.मा उनीहरूले ५ दिन थपेर ३६५ दिनको एक वर्ष बनाए । यसबाहेक इजिप्टबासीले २९ १/२ (२९ दिन र आधा दिन) दिनको चान्द्र धार्मिक पात्रो पनि प्रयोग गदथे । यो कृषि चक्रमा आधारित थियो ।

तर रोमनहरूले जोडा दिनहरू अशुभ हुन्छन् भन्ने अन्धविश्वास राख्थे र उनीहरूले उक्त ३० दिने महिनाहरूलाई २९ र ३१ दिने बनाए भने फेब्रुअरी एउटालाई २८ दिने बनाए । यसपछि उनीहरूको ३५५ दिनको वर्ष हुन गयो । यसको साथमा मर्सिडोनियस नामको २२ वा २३ दिनको थप महिना पनि बनाए जुन हरेक दोस्रो वर्षमा जोडिने गरिन्थ्यो । यस प्रकारको समस्यालाई समाधान गर्नका लागि जुलियस सिजर (Julius Caesar) ले राजआज्ञा पत्र (imperial decree) जारी गरी ऋतुको आधारमा सौर्य पात्रो बनाउन लगाए जसअनुसार ३६५ दिन ६ घण्टाको एक वर्ष हुन गयो । यस प्रकारको सुधारपछि पनि सूर्यको वास्तविक गतिभन्दा यो पात्रोको सौर्य वर्ष ११ १/२ मिनेटले लामो हुन गयो । यस काल गणनालाई जुलियन क्यालेन्डर वा पात्रो भनियो ।

जर्मन खगोलविज्ञ रेजियोमोन्टानस (Regiomontanus) को सहयोगमा पोप सिस्टस चौथा (Pope Sixtus IV) ले पूरा गर्न नसकेको यही जुलियन क्यालेन्डरको सुधार कार्य पूरा गर्नका लागि फादर क्रिस्टोफर क्लाभियले सम्पूर्ण गणितीय र खगोलशास्त्रीय काम गरे । त्यसपछि तिनै फादर क्रिस्टोफरको सल्लाह अनुसार पोप ग्रिगोरी तेह्रौँ (Pope Gregory XIII) ले आदेश जारी गरे: १५८२ अक्टोबर ४ बिहीबार जुलियन क्यालेन्डरको अन्तिम दिन हुने छ र अर्को दिन अर्थात् अक्टोबर ५ शुक्रबार हुने छ । यस अनुसार हरेक शताब्दी पूरा नहुन्जेल प्रत्येक चार वर्षमा मलमास (Leap year) हुने भयो । यसपछि पहिला जुलियन क्यालेन्डर भनिएको संवत्लाई ग्रिगोरियन क्यालेन्डर भन्न थालियो ।
यस क्यालेन्डरलाई १५८२ मा क्याथोलिक मुलुकहरू इटली, पोर्जुगल, स्पेन, बेल्जियम, हल्यान्ड र पोल्यान्डले स्वीकार गरे पनि बाँकी मुलुकले पछि मात्रै स्वीकार गर्दै गए । १५८४ मा क्याथोलिक जर्मन र स्वीसले; १५८७ मा हङ्गेरीले; १७०० मा प्रोटेस्टेन्ट जर्मन, स्वीस, डच राज्यहरू, डेनमार्क, नर्वे; १७५२ बेलायत र यसका उपनिवेशरुले; १८७३ मा जापानले; १८७५ मा इजिप्टले; १९१८ मा रुसले; १९२४ मा ग्रीसले; १९२६ मा टर्कीले र १९४९ मा चीनले स्वीकार गरी चलाएको इतिहास पाइन्छ ।

केही मुलुकका संवत्हरू र तिनका महिनाहरू
मुस्लिम मुलुकहरूमा हिजरी संवत् प्रचलनमा रहेको पाइन्छ । हिजरी संवत्का महिनाहरूमा पहिलो महिना मोहररम, सफर, रबिउल अब्बल, रबिउस्सानी, मजादिल अब्बल, मजादिलस्सानि, रजब, शाबान, रमजान, शब्वाल, जिकादा र जिल्हिज्जा हुन भने यी सबै महिनाहरू २९ वा ३० दिनका हुने गर्दछन् । भारतमा शक संवत्लाई राष्ट्रिय संवत्को रुपमा मानिन्छ । चान्द्र तथा सौर्य वर्षमा आधारित शक संवत्लाई भारतीय सरकारले सन् १९५७ मा राष्ट्रिय संवत्को मान्यता दिएको थियो । यो संवत्का महिनाका नामहरू र दिन सङ्ख्यामा चैत्र ३० दिन, वैशाख ३१ दिन, ज्येष्ठ ३१ दिन, आषाढ ३१ दिन, श्रावन ३१ दिन, भाद्र ३१ दिन, आश्विन ३० दिन, कार्तिक ३० दिन, अग्रहायन ३० दिन, पौष ३० दिन, माघ ३० दिन र फाल्गुन ३० दिनका रहेका छन् । यसरी नै सबैभन्दा पुरानो जेविस पात्रो (Jewish Calendar) का महिनाहरूमा निसान (मार्च–अप्रिल, यही क्रमअनुसार ईस्वी संवत्का महिनाहरू पर्न जान्छन्) ३० दिन, लियार २९ दिन, सिवान ३० दिन, तामुज २९ दिन, एइभ ३० दिन, तिस्री ३० दिनका महिना हुन् । यसका साथै क्रमश: हेस्वान, किस्लेभ, टेभट, सेभट, अदार २९ र ३० दिनका महिना हुन भने अन्तिम महिना आदरशेनी पनि २९ दिनको हुन्छ । जसहाङ मादेनकृत ये़ले़ संवत्को पात्रोमा उल्लेख भएका महिनाहरू क:क्फे़क्वा, साप्फे़क्वा, चे़रे़नाम्, थे़रे़ङ्नाम, काप्मे:प्पा, थक्मे:प्पा, सिसे:क्पा, थे़से:क्पा, सिसे:क्रो, थे़से:क्रो, से़न्छे़ङ्ला र सिसे:क्ला रहेका छन् ।
इतिहासका प्रसिद्ध नायकहरु जस्तै राजा महाराजाहरु वा धर्मका प्रवर्तकहरुको स्मरणमा चलाइएका संवतहरु तथ्यपरक रहेको पाइन्छन् । जस्तै क्राइस्टको स्मरणमा चलेको संवत् यो साल सन् २०१८ पुगेको छ भने बुद्धको स्मरणमा चलेको संवत् २५६१ पुगेको छ । अनि शङ्खधर शाख्वाले गरेको जनताको क्रणमोचन कर्मको स्मरणमा चलेको नेपाल संवत् ११३८ पुगेको छ । यसको विपरीत मिथक वा सभ्यता वा ज्योतिषिय पूर्वानुमानि गणनाका आधारित संवत्हरुको काल गणना लामो भएको पाइन्छ जस्तै यो सालको कलिगत संवत् ५११८ हो । किरात येÞलेÞ संवत् पहिलो कोटीमा पर्दछ अर्थात् नेपालमा शासन गर्ने प्रथम किरात राजा यलम्बरको स्मरणमा चलाइएको हुनाले यो तथ्यपरक हुनुपर्दछ, मिथकको कोटीको होइन ।

किरात ये़ले़ संवत्को पात्रोको आधार चन्द्र वर्ष
किरातीहरूको ठूला चाडहरू उधौली तथा उभौली पूर्णिमाको आधारमा मानिँदै आएको छ । यसरी नै बलिहाङ चाड पनि औँसी अर्थात् तिथिमा आधारित छ । यी परम्पराहरूले किरात येÞलेÞ संवत् चन्द्र वर्षमा आधारित हो भन्न सकिन्छ भने सामान्यत यो संवत् चन्द्र वर्षमा आधारित संव्त (द काठ्मान्डू पोस्ट, नोभेम्बर १५ र १७, २०६७) रहेको विश्वास जनमानसमा रहेको छ । टोलेमीले राशीहरू पत्ता लगाएपछि र सौर्य वर्षमा आधारित क्रिस्चियन संवत् विश्वमा हावी भएपछि र दक्षिण एसियामा विक्रम संवत् तथा शक संवत् प्रवाही भएपछि गतेमा आधारित पात्रोमा नेपालीहरू अभ्यस्त हुने क्रममा किरातीहरू अछुतो रहने कुरै भएन । यसउसले पछिल्ला किराती पुस्ताले चन्द्र वर्ष या तिथिको आधारमा पात्रो चलाउन नै बिर्सिए । यसो भए पनि किराती समुदायमा रहेको कृषि कर्ममा आधारित व्यहारहरूलाई हृदयङ्गम गर्दा पौष वा माघ शुक्लपक्ष प्रतिपदादेखि परापूर्वकालबाट धुरपूजा भनेर मनाइने यक्वा पूजा वा उभौली पर्व अर्थात् चण्डी पूर्णिमासम्मको समयको लहरमा किरातीहरूको नयाँ वर्ष आरम्भ हुने दिन यतै कतै पर्ने गरेको हुनुपर्छ । जसहाङ मादेनकृत ये़ले़ संवत् पात्रोमा साप वर्षको याक्थुङ पञ्चाङ्ग (असेक तङ्बेलेÞन् याक्थुङ येÞनलन्) ले पनि यही कुरालाई प्रमाणित गर्दछ । अथवा पछिल्लो समयका अपनाइएको सौर्य पात्रोमा आधारित व्यवहार र परापूर्व कालमा प्रयोग गरिएको चान्द्र पात्रोको समिश्रणको बाटो पनि सहज हुने हो कि ? यस विषयमा विस्तृत छलफल र बहस गरी टुङ्गोमा पुग्नु फलदायी हुन्छ ।

किरात ये़ले़ संवत्को पङ्चाङ्ग पात्रो प्रयोगका क्रममा देखिएका समस्या
किरात समाजको सांस्कृतिक ढुकढुकीका रूपमा रहेको किरात ये़ले़ संवत् (खम्बू र अन्य पूर्ववत्) को अविछिन्न प्रयोग किरात जातिको जीवनपद्दति नै भएको छ । यसैमा किराती जाति गर्व गर्दछ । तर किरात येÞलेÞ संवत्को व्यवहारिक प्रयोगका क्रममा केही आधारभूत समस्याहरू देखिए । लामो समयसम्म यसको कालगणनालाई प्रामाणिक बनाउने प्रयास नै भएन । पछिल्लो समयमा आएर यस विषयमा विसद् छलफल भएको छ र छलफलले प्रामाणिक परिणाम पनि दिएको छ ।

किरात ये़ले़ संवत् चन्द्रमा पात्रोमा आधारित संवत् हो भन्ने कुरामा जनविश्वास भए पनि यसबारेमा आधिकारिक निर्णय भएको छैन । करिब एक दशकदेखि किरात ये़ले़ संवत्को नयाँ वर्ष माघ महिनाबाट आरम्भ हुन्छ भनी मान्न थालिएको छ । यो पद्दति चन्द्रमा पात्रोको विपरीत सौर्य पात्रोको प्रचलन हो । तर वर्तमानमा प्रचलित सौर्य पात्रो पद्दतिसमेतलाई ध्यानमा राखी किरात येÞलेÞ संवत्को छलफलका लागि प्रस्तावित पात्रो चान्द्र–सौर्य पद्दतिअनुसार निर्माण गरियो । यद्यपि यसको मूल आधार चान्द्रपद्धति नै हो ।

तेस्रो समस्या भनेको किराती दर्शनमा आधारित ज्योतिषहरूको खडेरी हो । किरात ज्योतिष सङ्घको नाममा स्थापित संस्थाका ज्योतिषहरू पनि हिन्दू दर्शनबाट ओत्प्रोत् छन् । उनीहरू हिन्दू दर्शनमा आधारित ज्योतिष परम्पराबाट मुक्त हुनु अर्को विकराल अवस्था हो । ज्योतिषका सबै विधाका व्यक्तिहरू अनिकाल हुनु अर्को समस्या छन् । यसका साथै किरात भाषाको शास्त्रीय बार, दिन, तिथि, मितिको खोजको अभावमा आआफ्नो भाषाबाट ती प्राविधिक शब्दहरू खोज्दाखोज्दै, प्रयोगको अभ्यास गर्दा गर्दै घुमिफिरी रुम्जाटारे नियति हाम्रोसामु त्रासद मुख बाएर बसेको छ । यद्यपि हाललाई हामीसँग जेजस्तो आधार छ त्यसैलाई टेकेर अगाडि बढ्नुको विकल्प छैन । त्यही आधारभूमिलाई टेकेर त्यसलाई क्रमागत पूर्णतातिर लाग्नु मानवीय बाध्यता हो ।

छलफलका लागि प्रस्तावित पात्रो निर्माणका लागि अङ्गिकार गरिएका कुराहरू
किरात ये़ले़ संवत्को व्यहारिक पात्रो निर्माण र प्रयोगका लागि किरातजन्य संस्थाले केही आधारभूत कामहरू सामूहिक र औपचारिक रूपमा गर्नु वाञ्छनीय छ । यसो भए पनि यलम्बर फाउन्डेसनको निर्णय अनुसार नेपाल पञ्चाङ्ग–पत्र निर्माण, व्यवस्थापन तथा प्रकाशन समिति मार्फत् निम्न अनुसारका बुँदाहरूको आधारमा प्रस्तावित पात्रो निर्माण गर्न लागिएको देखिन्छ:

(क) किरात ये़ले़ संवत्को कालगणना ३७९२ (कलिगत आधारित ५०७३) (वि.सं. २०६९–७० मा) ।
(ख) चान्द्र–सौर्य पात्रोको आधारमा ये़ले़ संवत्को पात्रो निर्माण गर्ने ।
(ग) किरात ये़ले़ संवत् को नयाँ वर्ष आरम्भको दिन माघशुक्ल प्रतिपदालाई मान्ने ।
(घ) किरात ये़ले़ संवत्को समयको आधार विन्दु पाटनको पटुकोढोँलाई मान्ने ।
(ङ) सुरुमा संस्कृत वा खस पदावलीहरूलाई उपयोग गरे पनि किरातभाषाहरूको तिथि, महिना, बार आदि अनुसूचीमा राख्ने र क्रमश: सम्बन्धित भाषामा पूर्णता दिँदै जाने/सम्भव भएमा साझा पदावली खोज्ने ।
(च) सबै किराती समुदायबाट प्रतिनिधित्व हुने गरी अविछिन्न रूपमा कार्य गर्ने गरी किरात ज्योतिष सङ्घको आरम्भ तत्काललाई यलम्बर फाउन्डेसनको एउटा इकाईबाट गर्ने आदि ।
छलफलका लागि प्रस्तावित पङ्चाङ्ग पात्रो निर्माणपछि उघ्रिएको नयाँ क्षितिज
किरात ये़ले़ संवत्को छलफलका लागि प्रस्तावित पङ्चाङ्ग पात्रो राशी पद्धतिमा निर्माण गरिएको छ । तर सोही पात्रोको अनुसूची (पृ.४८–४९) मा उल्लिखित विभिन्न किरात जातिहरूको भाषामा रहेको वर्षहरूको नामको अध्ययन गर्दा प्राय: सम्पूर्ण किरात वंश अन्तरगतका जातिहरू ल्हो परम्परा अर्थात् चान्द्र परम्पराको पात्रो चलाउने रहेछन् भन्ने तथ्य स्पष्ट हुन आउँछ । तर लामो समयसम्म हिन्दू राज्यसत्ताको सेपमा बसेका किरातीहरू हिन्दू पात्रो अर्थात् राशीमा आधारित पात्रो पद्धतीमा बानी परेका छन् । मौलिकतालाई अबलम्बन गर्ने हो भने किरात जातिका पङ्चाङ्ग पात्रो ल्हो अर्थात् चान्द्र पद्धती अनुसार पात्रो निर्माण गरिनुपर्छ । यसको आधारमा माघ १ गते होइन माघ शुक्लप्रतिपदाका दिन किरात ये़ले़ संवत् फेरिने दिन पर्न आउँछ र यसैलाई नयाँ वर्षको पहिलो दिन मान्नु पर्ने देखिन आउँछ ।

बाँकी समस्या र समाधानहरू
किरात ये़ले़ संवत्को पात्रो निर्माणका क्रममा देखिएका केही ज्वलन्त समस्याहरू र तिनका समाधानहरू निम्नअनुसार हुन सक्छन्
समस्या: किरात ये़ले़ संवत्को कालगणना ३७९७ कि कलिगत आधारित ५०७८) हुने ?
ऐतिहासिक एवम् प्रामाणिक कालगणना ३७९७ प्रयोग गर्ने ।
समस्या: ये़ले़ संवत्को पात्रो चान्द्र या सौर्य पात्रोको आधारमा निर्माण गर्ने ?
समाधान: चान्द्र पात्रोको आधारमा किरात ये़ले़ संवत् को पात्रो निर्माण गर्ने ।
समस्या: किरात ये़ले़ संवत् को नयाँ वर्ष आरम्भको दिन माघ १ गते या माघशुक्ल प्रतिपदालाई मान्ने ?
समाधान: किरात ये़ले़ संवत को नयाँ वर्ष आरम्भको दिन माघशुक्ल प्रतिपदालाई मान्ने ।
समस्या: किरात ये़ले़ संवत् को समयको आधार विन्दु पाटनको पटुकोढोँलाई मान्ने कि अन्यलाई ?
समाधान: किरात ये़ले़ संवत् को समयको आधार विन्दु पटुक राजाको दरबार मानिएको पाटनको पटुकोढोँलाई नै मान्ने ।
समस्या: किरात ज्योतिषहरूको अभावा कसरी पूरा गर्ने ?
समाधान: सबै किराती समुदायबाट प्रतिनिधित्व हुने गरी अविछिन्न रूपमा कार्य गर्ने गरी किरात ज्योतिष संस्थाको स्थापना गर्ने ।
किरात ये़ले़ संवत् मान्यताका लागि गर्नुपर्ने थप प्रयासहरू
प्रदेश नम्बर १ को प्रदेश सरकारले अध्ययनबाट प्राप्त किरात ये़ले़ संवत् सम्बन्धी गणनालाई पुन: अध्ययन गराई मान्यता दिई प्रादेशिक प्रयोगमा ल्याउन वाञ्छनीय छ । यसका लागि सरोकारवाला सङ्घ संस्थाहरुले प्रदेश सरकारलाई झकझकाउनु आवश्यक छ ।

टुङ्ग्याउनी
किरात ये़ले़ संवत् को पात्रो प्रयोगका लागि किरात जातिहरू आतुर छन् तर तिनका अगुवा संस्था वा व्यक्तिहरू यसप्रति या त अनभिज्ञ छन् कि त असमर्थ वा अकमर्णय छन् । तर अब कुनै बहानाबाजीले काम गर्ने अवस्था छैन । यससम्बन्धी केही प्राज्ञिक कार्यहरू नभएका होइनन् । किरातजन्य संस्थाहरू यसप्रति उपेक्षा भावमा रहेको देखिन्छ । अबको विकल्प अध्ययन क्रममा पत्ता लागेका सत्यतथ्य स्वीकार गरी समाजलाई गुमराहमा राखिनु हुन्न कि त उनीहरूले त्यसलाई तथ्यगत आधारमा चुनौती दिन सक्नुपर्छ र विकल्पको बाटो खुला गर्नुपर्छ । अध्ययनबाट आएको निष्कर्षप्रति अविश्वास हो भने पुन: अध्ययन गरी परीक्षण गरिनपर्छ र अगाडि बढ्नुपर्छ । समय कसैको बसमा हुन्न । यसर्थ समयले सुम्पेको कर्तव्यको बोध गर्नु, जिम्मेवारी बहन गर्नु र क्रमैसँग काम गर्दै जानुमा हामी सबैको कर्मनिष्ठ समीचीनता निहीत छ भन्नु सुशोभनीय नै हुन्छ ।

किरात येले संवत् ३७९९ (सन् २०२०) को प्रचलन बारे अपिल

किरात येले संवत् ३७९९ (सन् २०२०) को प्रचलन बारे अपिल

आदरणीय किरात दिदीबहिनी तथा दाजुभाइहरू !

गोपालवंशी, महिषपालवंशी, किरातवंशी, लिच्छविवंशी, मल्लवंशी, शाहवंशी युग हुँदै नेपाल वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा विकसित भएको नेपाली सभ्यताको विजारोपण र राज्यको अवधारणा यस मुलुकमा मूलतः किरात कालमा सुभारम्भ भएको तथ्यलाई स्मरण गर्दै,

हामी किरात जाति (याक्खा, सुनुवार, लिम्बु, राई, जिरेल, सुरेल, थामी, धिमाल, हायु आदि) हरूले किरातकालीन सभ्यताका विभिन्न आयामहरू मध्ये किरात येले संवत् पनि एक भएको स्मरण गर्दै,

यही किरात येले संवत्का सम्बन्धमा इतिहासकार सुब्बा प्रेमबहादुर माबोहाङ लिम्बु र भूपेन्द्रनाथ शर्मा ढुङ्गेलको इतिहास खनीखोस्री, थाम्सुहाङ पुष्प सुब्बा ‘असित’ र जसहाङ मादेन ‘येइङ्सा’को संवत् विजारोपण, किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठीको आयोजनाका लागि प्राज्ञ वैरागी काइँला, बलिराज खम्बु लगायतका अभियन्ताहरूको चाँजोपाँजो, १६०० बिसीमा लेखिएको मानिएको यजुर्वेद र अथर्ववेदमा उल्लेख भएका ‘कोलकिरात’ भनि किरात पदावली समेतलाई मनन गर्दै,

नेपालको प्रस्तर तथा धातु मूर्ति खोजी तथा अध्ययनका पिता लैनसिंह बाङ्देलबाट काठमाडौँ माली गाउँमा भेटिएको जयवर्माको मूर्तिमा रहेको संवत्को अध्ययन र व्याख्या साथै चौधौँ शताब्दीका राजा जयस्थिति मल्ल (ई.सं. १३८२—१३९५)ले लेखाएको गोपालराजावंशावलीको आधारमा संवत्विद तथा प्राचीन नेपालको इतिहासकार प्रा.डा. जगदीशचन्द्र रेग्मीको प्रस्थापना, किरात इतिहास तथा संस्कृतिविद् द्वय मञ्जुल याक्थुम्बा र दुर्गाहाङ याक्खा राईको तथ्यगत कसी, किरातजन्य संस्थाहरूको साथसहयोग र भरथेगका साथै विश्वभर छरिएर रहेका विद्वान् विदुषीहरूको तथ्यगत सम्मतिमा किरात येले संवत्को कालगणना सन् २०११ मा ३७९० हुने भएको निष्कर्ष २७ डिसेम्बर २०१० मा किरात येले संवत् अध्ययन समन्वय समितिले किरात सवन्वय समिति (किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा) लाई बुझाएको ऐतिहासिक घटनालाई स्मरण गर्दै,

श्रदेय प्रवुद्ध किरातजन !

किरात जनलोकमा प्रचलित किरात येले संवत्लाई विस्तारित रूपमा स्थापित र संस्थागत गर्ने साथै सरकारी तहबाट मान्यता दिलाउनका लागि मुलुकको राष्ट्रप्रमुख तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, कार्यपालिका प्रमुख तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, व्यवस्थापिका प्रमुख तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ साथै प्रमुख प्रतिपक्षी दलका तत्कालीन नेता पुष्पकमल दाहाल प्रचण्डलाई विश्वभरि छरिएर रहेका किरातहरूको प्रथम हाङ (राजा) यलम्बरको स्मारक संवत्को रूपमा मानिआएको र किरात समाजको सांस्कृतिक ढुकढुकीका रूपमा रहेको ‘किरात येले संवत्लाई राष्ट्रिय मान्यता प्रदान गर्न र प्रथम किरात राजा यलम्बरलाई राष्ट्रिय विभूति घोषणा गर्न मागपत्र बुझाई राज्यको ध्यानाकर्षण गरिएको पुनरस्मरण गर्नु गराउनु र सोही भावमा काम गर्नु गराउनु आज हामी सबैको परम कर्तव्य रहेको महसुस गर्दै,

अहिले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था कार्यान्वयन हुने क्रममा तीन तहको निर्वाचन सम्पन्न भई सकेको सन्दर्भमा प्रदेश नम्बर १ मा किरात येले संवत्को सघन प्रयोग हुने सम्भावनालाई मध्यनजर गर्दै,

येले संवत्लाई मान्यता दिलाउने कामको पहलकदमी जति चाँडो गर्न सकिन्छ उति नै चाँडो किरात जातिहरुको ऐतिहासिक पहिचानले औपचारिक संवैधानिकता प्राप्त हुने तथ्यलाई मध्यनजर गर्दै,

यस गहनतम कुरालाई गम्भीरतापूर्वक मनन गरिदिनुहुन र विश्वभरको प्रमाणिक इतिहासको परम्परालाई ध्यानमा राख्दै कार्बन डेटिङबाट जिवाशेष र ह्याप्लो ग्रुपिङबाट जिन वा जैविक आयु पत्ता लगाउने वैज्ञानिक युगका हामीले तथ्यलाई मूल मन्त्र र आधार मान्दै जानु पर्ने कुरालाई ध्यानदिँदै,

हालसम्म प्राप्त ठोस प्रमाणहरूको आधारमा हाम्रो इतिहासको निरूपण गर्ने हामी किरात जातिहरूको एकमात्र बाटो भएकाले किरात येले संवत्को नयाँ वर्ष ३७९९ को हार्दिक मङ्गलमय शुभकामना सहित किरात येले संवत्को प्रामाणिक काल गणना ३७९९ (सन् २०२०) लाई व्यापक प्रचलनमा ल्याउन किरातजन्य सङ्घसंस्थाहरू साथै संसारभरिका किरातहरूको कर्तव्य रहेको कुरा हार्दिक अपिल गर्दछौँ ।

– यलम्बर फाउन्डेसन (किरातोलोजी सिरर्च सेन्टर)
http://yalambarFoundation.org.np

 

प्राचीन ग्रन्थहरूमा “किरात”को उल्लेख (विक्रम सुब्बा)

१. 16th Century BC मा लेखिएको भनिएको यजुर्वेदको ३० अध्याय, श्लोक नं १६ मा “….गुफाका लागि कोलकिरात आदिलाई …. नियुक्त गर्नु पर्दछ ।“ उल्लेख गरिएकोछ । यो कुन कुन जातका मानिसलाई कहाँ कहाँ नियुक्त गर्दा उचित हुन्छ भन्ने प्रसंगमा मात्र उल्लेख गरिएको प्रष्ट छ । अर्थात, यो बेला ‘कोलकिरात’ भनिनेहरू गुफातिर बस्ने अवस्थामा थिए बनेर बुझिन्छ । (स्रोतः यजुर्वेद, अनुवादक – तिलकप्रसाद लुइँटेल, विद्यार्थी पुस्तक भण्डार, भोटाहिटी, २०६६, पृष्ठ – ३१८)
नोटः 1600BC र हालको 2017 जोड्दा = 3617AD हुन आउँछ । साथै, उल्लेख गरिएको ‘कोलकिरात’ भनेको राज्य नै स्थापना गरेर साम्राज्य सन्चालन गरिरहेको किराती भन्ने बुझिन्न बरु ‘गुफा’मा बस्ने जाति जस्तो बुझिन्छ ।
२. १। 16th Century BC मा लेखिएको भनिएको अथर्ववेदको १० औँ अध्याय, चौथो शुक्तको श्लोक नं १४ मा “किरात जातिका यी कुमारी कन्याहरू हिरण्यी नामको सुन जस्तो चमकदार तथा तेजिलो धार भएको कोदालोले पर्वतीय शिखरमा रहेका औषधिहरू खन्ने गर्दछन् ।“ उल्लेख गरिएकोछ । यो किराती कुमारी कन्याहरूले औषधि खनेर निकाल्ने काम गरेको प्रसंग मात्र हो । (स्रोतः अथर्ववेद, अनुवादक – तिलकप्रसाद लुइँटेल, विद्यार्थी पुस्तक भण्डार, भोटाहिटी, २०६३, पृष्ठ -३२३)
नोटः 1600BC र हालको 2017 जोड्दा = 3617 वर्ष अघि हुन आउँछ । साथै, उल्लेख गरिएको ‘किरात जातिका कुमारी कन्याहरूले औषधिहरू खन्ने’ गरेको प्रसंग मात्र छ यसबाट पनि राज्य नै स्थापना गरेर साम्राज्य सन्चालन गरिरहेको किराती भन्ने बुझिन्न ।
३. “किरात” बारे धेरैले उल्लेख गर्ने गरेको अर्को कृती हो 6th Century BC को ‘किरातार्जुनीय’ (सँस्कृत महाकाव्य) जसमा – “अर्जुनले केही समयका निम्ती छलेर किराती नाम र जात राखेर किरातीहरूबाट धनुर्विद्या सिके साथै उनले किरातीहरूका देवता शिवजीका हतियारहरू पनि चलाउँन सिके ।“ भनि लेखिएकोछ । यो महाकाव्य अर्जुन र पहाड-पर्वततिर वस्ने शिकारी शिव वा किरात वीचको युद्धको कथा हो । युद्धको मैदान हाल भारतको आन्ध्र प्रदेशको विजयवाडा भन्ने ठाउँ रहेको बुझिन्छ ।
(Ref. https://en.wikipedia.org/wiki/Kir%C4%81t%C4%81rjun%C4%ABya)

नोटः यस महाकाव्यमा उल्लेख गरिएका ‘किरात’हरू पनि भारतको हालको आन्ध्र प्रदेशको ‘विजयवाडा’तिर बसोबास गर्ने धनुर्विद्या सिकाउँन सक्ने शिकारी जाति भन्ने बुझिन्छ । यसबाट किरातहरूको समुह काठमान्डु खाल्डोमा मात्र बसोबास नगरेर धेरै ठूलो भूभागमा फैलिएका थिए र अर्जुनलाई धनुर्विद्या सिकाउँने किरातिहरू हालको नेपालकै भूभागका किराती नभएर भारतको आन्ध्र प्रदेशको ‘विजयवाडा’मा तात्कलिन बसोबास गरिरहेका शिकारी ‘किरात’हरू हुन् भन्ने पो संकेत गर्छ । साथै समयावधी पनि 6th Century BC भनेको 600BC र 2017AD = 2617 वर्ष अघि भन्ने बुझिन्छ ।

टिप्पणीः
१) यजुर्वेद र अथर्ववेदहरूमा उल्लेख गरिएका “किरात”हरूको समयावधी ३६१७ वर्ष अघिको देखिन्छ ।
२) ‘किरातर्जुनीय’ महाकाव्यको समयावधी त झन २६१७ अघिको देखिन्छ ।
३) यी ३ वटा प्राचीन ग्रन्थहरूमा उल्लेख गरिएका “किरात” शब्द र तिनको समयावधीलाई आधार माने पनि यलम्बरको समय ५०७७ वर्ष अघिको पुग्दैन भन्ने संकेत गर्दछ । यसबाट पनि यलम्बर संवत ५०७७ तथ्य परक नरहेको पुष्टि गर्दछ ।

यसरी शुरुवाती गणना गरियो (PDF पुस्तक डाउनलोड गर्नुहोस)

Download Book >>

किरात यलम्बर सवत ५०७७ को गणनाको शुरूवाती बिन्दु खोज्नेक्रममा आखिर ३७९६ भेटिएको छ । मायाले मात्र धान्दैन तथ्य आधार नभएको गणना लोकले मान्दैन । प्राज्ञिक खोजको लगभग सबै प्रकृया पुरा गरि यो ३७९६ भेटिएको कुरा यो पुस्तकले बोलेको छ । कसैलाई चाहिए केही प्रति काठमाडौंमा उपलब्ध भएको जानकारी गराइन्छ । आंशिक कुरा यो लिंकबाट PDF मा पनि हेर्न सक्नुहुन्छ

More read>> http://gfnl.org.np/wp-content/uploads/2016/12/Kirat_Yalamber_Sambat.pdf

किराती ३२ राजाहरूको शासन अवधीसहितको सूचि

किरात येले संवत अध्ययन समन्वय समितिको संयोजनमा “किरात येले संबत अन्तरराष्ट्रिय विशेष विचार गोष्ठी नोभेम्बर १४-१५, २००९” सम्पन्न भयो । उक्त गोष्ठीमा प्रा.डा. जगदीशचन्द्र रेग्मीद्वारा “नेपाली किरात जातिको गौरवपूर्ण ईतिहासको परिप्रेक्ष्यमा किरात येले सवतको प्रचलन तथा संवैधानिक मान्यताको उपक्रम” शिर्षकको अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत भयो । सो कार्यपत्रमा गोपालराजवंशावलीका आधारमा सूचिकृत गरिएका किरात राजाहरूको सूचि निम्नानुसार रहेकोछः
1) राजा श्री एलम् – ९०
2) राजा श्री पेलं – ८१
3) राजा श्री मेलं – ८९
4) राजा श्री चमिं – ४२
5) राजा श्री धस्कं – ३७
6) राजा श्री वलुंच – ३१ ६ महिना
7) राजा श्री हुतिं – ४० ८ महिना
8) राजा श्री हुरमा – ५०
9) राजा श्री तुसके – ४१ ८ महिना
10) राजा श्री प्रसफुं – ३८ ६ महिना
11) राजा श्री पवः – ४६
12) राजा श्री दास्ती – ४०
13) राजा श्री चम्ब – ७१
14) राजा श्री कंकं – ५४
15) राजा श्री स्वनन्द – ४० ६ महिना
16) राजा श्री फुकों – ५८
17) राजा श्री शिंघु – ४९ ६ महिना
18) राजा श्री जुलम् – ७३ ३ महिना
19) राजा श्री लुकं -४०
20) राजा श्री थोरम – ७१
21) राजा श्री थुको – ८३
22) राजा श्री वर्म्म – ७३ ६ महिना
23) राजा श्री गुंजं – ७२ ७ महिना
24) राजा श्री पुस्क – ८१
25) राजा श्री त्यपमि – ५४
26) राजा श्री मुगमम् – ५८
27) राजा श्री शसरु – ६३
28) राजा श्री गुंणं – ७४
29) राजा श्री खिम्बु – ७६
30) राजा श्री गिरिजं – ८१
31) राजा श्री खुरांज – ७८
32) राजा श्री खिगु – ८५
(स्रोतः किरात येले संवर अभिलेख, संपादक – बलिराज खम्बु, गणेश राई, अमर तुम्याङ, शंकर साम्पाङ राई, २०१०, पृष्ठ-१३)

यलम्बरको काल गणना
1) सूचिकृत ३२ किरात राजाहरूको शासन अवधीहरू जोड्दा नेपाल (हालः काठमाण्डु) उपत्यकामा १९६३ वर्ष ८ महिना रहेको देखिन्छ ।
2) किरातहरू पछि लिच्छवी राजाहरूको शासन सुरु भएको मानिन्छ र लिच्चवी राजा जय वर्माको सालिक काठमान्डु मालि गाउँमा भेटिएको जसमा मिति संवत १०७ अथवा ई.१८५ प्रमाणका रुपमा पाईएकोछ । यही ई १८५ लाई किरात शासनको अन्त्य मानिन्छ ।
3) ३२ किराती राजाहरूको शासन अवधी १९६३ वर्ष ८ महिनामा ई. १८५ घटाउँदा = १७७८ वर्ष ८ महिना हुन आउँछ । अर्थात, राजा एलमको शासन १७७८ वर्ष ८ महिना अधि सुरु भएको हिसाब निस्कियो ।
4) उल्लेखित (घ) अनुसारको १७७८ वर्ष ८ महिनामा हाल(चलिरहे)को ई. सं. २०१६ जोड्दा ‍= ३७९४ वर्ष ८ महिनामा पुगिन्छ ।
5) यसरी गोपाल बंशावलीमा उल्लेखित ३२ किरात राजाहरू र तिनको शासन अवधीको कूल वर्ष महिना र एलम राजालाई पहिलो किराती राजा मानेर यलम्बरको नाममा ‘यलम्बर संबत’को हिसाब निकाल्ने हो भने ई.सं. २०१६ मा यलम्बर संवत ३७९४ वर्ष ८ महिना हुन आउँछ ।

यसरी यलम्बरको काल गणना र निर्धारण गर्ने काम उपरोक्त “किरात येले संबत अन्तरराष्ट्रिय विशेष विचार गोष्ठी नोभेम्बर १४-१५, २००९” मा प्रस्तुत प्रा.डा. जगदीशचन्द्र रेग्मीको “नेपाली किरात जातिको गौरवपूर्ण ईतिहासको परिप्रेक्ष्यमा किरात येले सवतको प्रचलन तथा संवैधानिक मान्यताको उपक्रम” कार्यपत्रका आधारमा सन् १० जनवरी २०११ का दिन (हेर्नोस् – किरात येले संवत अभिलेख, २०१०, पृष्ठ २२९) “किरात येले संबत काल निर्धारण प्रतिवेदन हस्तान्तरण कार्यक्रम” किरात राई यायोक्खा, केन्द्रीय कार्यालय, सुम्निमा हलमा २०६७ पुष २६ गतेका दिन सम्पन्न समेत भएको हो । (स्रोतः किरात येले संवत अभिलेख, २०१०, पृष्ठ -२२९-२३०)

यलम्बर फाउण्डेसनको जन्म र येले संवत
‘किरात येले संबत अध्यन समन्वय समिती’को सँस्थागत स्वभाव नै अध्ययन गर्नका निम्ती मात्र स्थापित अस्थाइ ‘समन्वय समिति’ थियो । यसले ‘अन्तरराष्ट्रिय विचार गोष्ठी’ सम्पन्न गरिसकेपछि ४ किरात जन्य सँस्थाहरूलाई प्रतिवेदन बुझाएए उसको काम स्वतः सकियो । तर, कतिपय गंभीर विषयमा छलफल र अनुसन्धान गरेर तथ्य-सत्यहरू उजागर गर्ने काम समय-समयमा गर्नु पर्ने कुरा महसुस गरेर समन्वय समितिका केही अग्रसर सदश्यहरूको संलग्नतामा यलम्बर फाउण्डेशनको स्थापना भयो ।

येले संवत अध्ययन समन्वय समितिको संयोजनमा “किरात येले संबत अन्तरराष्ट्रिय विशेष विचार गोष्ठी नोभेम्बर १४-१५, २००९” सम्पन्न भएर यलम्बर संवतको नयाँ काल निर्धारण भइसकेकोलाई “छलफलको निम्ती प्रस्तावित” भनेर कलिगत संवत र नयाँ संवत उल्लेख गरी एउटा पञ्चाङ्ग प्रकाशित गरेको थियो । अर्थात, किरात येले (नयाँ) संवत यलम्बर फाउण्डेसनले नै अनुसन्धान गरेर प्रस्तावित गरेको होइन बरु “किरात येले संबत अन्तरराष्ट्रिय विशेष विचार गोष्ठी नोभेम्बर १४-१५, २००९”मा बिभिन्न विद्वान विदुशीहरूको छलफलबाट निर्धारण गरिएको हो । जसलाई “छलफलको निम्ती प्रस्तावित” भनेर यलम्बर फाउण्डेशनले अघि बढाएको मात्र हो । यसपछि ‘गोरखा पत्र’ले प्रकाशित गर्ने (हरेक २ हप्तामा १ पटक) लिम्बु भाषा सिरिजंगा लिपिको भाषा खण्डमा र गणेश राईको संपादनमा प्रकाशित हुने साहित्यिक पत्रिका ‘लिब्जु भुब्जु’मा यलम्बर संबत (नयाँ) उल्लेख गर्ने गरिएको पाइएकोछ ।

येले सम्बत ३७९५ अलिक तथ्यपरक (बानु पन्धाक)

येले सम्बत ३७९५ अलिक तथ्यपरक भन्ने लागेको छ । यसका कारणहरुमा:
पुरातात्विक प्रमाणका अनुसार हिन्दुहरुको सभ्यता Indus Valley civilisation को शुरुवात नै ५,००० बर्ष भएको र सभ्यता क्रमश फैलने क्रम 2600-1600 BCE बर्ष पछि मात्र भएको भन्ने तथ्यलाई आधार मान्दा र यस समयमा सभ्यता पुर्ब गँगा नदिको शिर हुदै नदिलाई पच्छाउदै बिस्तार भएको पाईएको हुदा यसै समय काल खन्डमा सभ्यता फैलिने क्रममा उतर तिर किरॉती राजाहरुको संसार पाएको हिन्दु ग्रन्थहरुमा उल्लेख गरिएको हुदा यसरी Indus Valley civilisation फैलिने क्रमको पछिल्लो समय 1600 BCE लाई ध्यानमा राख्दा आर्यहरुले किरॉत राजाहरुलाई भेटेको बर्ष ३६१७ देखिन्छ जुन समय येले सम्बत ३७९६ को छेउछाउ आईपुग्ने देखिन्छ र यसरी येले सम्बत ३७९६ तथ्यलाई प्रमाणित गर्न आधार हुन सक्छ।

यलम्बर सम्बत ३७९५ अलिक तथ्यपरक प्रमाणित गर्न मदत गर्छ भन्ने मेरो अनुमान छ।

Facebook: Banu Pandhak Limbu

जया वर्माको मूर्ति र नेपालको वर्मा वंश

लैनसिंह बाङदेल लिखित “जया वर्माको मूर्ति र नेपालको वर्मा वंश” नामको पुस्तकमा लिच्छवी राजा जय वर्माको संवत १०७ (ई.१८५) उल्लेख भएको मालीगाउँमा पाइएको हाल राष्ट्रिय संग्रहलायमा रहेको पूर्ण कदको मूर्ती संकलित र संग्रहित रहेकोछ । यही पुरातात्विक प्रमाणको आधारमा किरात कालको अन्त्य ई. १८५ मा भएको मानिन्छ । यही ई. १८५ लाई किरातहरूको शासन अन्त्य भएको मानेर येले संवतको प्रमाणित गणना गरिएकोछ । सो को विवरण तल दिईएकोछ –

येले सम्बतको (नयाँ) आधार (सन् २०१७ मा)

१। ३२ पुस्ता किरात राजाहरुको शासन काल १९६४ (१९६३ वर्ष ८ महिना) वर्ष रहेको ।

२। किरातहरूको सासनको अन्त्य लिच्छिवी राजा जय वर्माको पालामा भएको भन्ने कुरा काठमाण्डुको माली गाउँमा पाइको जय वर्माको सालिकबाट प्रमाणित भएको । सो सालिकको संवत १०७ अथवा ई. १८५ हुन आउँने । (Bangdel, Lainsingh)

३। जय वर्माको सालिकको ई. १८५ मा किरात राजाहरूको शासन समय १९६४ (१९६३ वर्ष ८ महिना) घटाउँदा ईपू १७७९।८ वर्षमा पुगिन्छ ।

४। ई. १७७९ वर्ष ८ महिनाबाट किरात राजा यलम्बरको शासन सुरु भएको हिसाब निस्कन्छ । यही १७७९।८ मा सन् (हालको) २०१७ जोड्दा ३७९५।८ (अर्थात सन् २०१७ मा येले वर्ष ३७९६) हुन्छ । (माघे सक्रान्तीका दिनदेखी ३७९६ सुरु हुन्छ )

(स्रोतः प्रडा जगदीशचन्द्र रेग्मी, नेपाली किरात जातिको गौरवपूर्ण इतिहासको परिप्रेक्षमा किरात येले संवतको प्रचलन तथा संवैधानिक उपक्रम, किरात येले संवत अध्ययन समन्वय समिति, २०१०, पृष्ठ १३ र पृष्ठ २२७)

स्रोत: विक्रम सुब्बा

किरात येले संवत् काल गणना: एक मन्थन (अमर तुम्याहाङ)

किरात येले संवत्को प्रयोग:
– पुष्प थाम्सुहाङले ‘स्रिजङ्गा’ मासिकको वर्ष १, अङ्क ७, २०३० थेसेक्रो (कार्तिक) को पृष्ठ ३ मा पहिलोचोटि किराती तङ्बे –संवत्) ५०७३’ भनेर छापेका थिए ।
– वर्ष १, अङ्क १२ मा दोस्रोपटक किराती संवत् ५०७४ –वि.स.२०३०, चैत्र) भनेर पुष्प थाम्सुहाङले नै छापे ।
– शुभकामना छाप्ने क्रममा यो संवत्को प्रयोग भएको हो । यस संवत्को आधार विक्रमजित हसरतले लेखेको इतिहास पुस्तक हो ।
– जसहाङ मादेनको सम्पादनमा ‘असेक् तङ्बेलेन याक्थुङ योल्ले लोन’ नामको ‘याक्थुङ योल्ले तङ्गप’ उल्लेख गरी पात्रो प्रकाशित गरे । यो पात्रो कलियुग ४० वर्ष गत हुँदा येलम्वरहाङले नेपालमा राज्य स्थापना गरेको भनी वि.सं. २०११ मा ‘संक्षिप्त नेपाल इतिहास’ मा प्रेमबहादुर मावोहाङद्वारा उल्लेख गरिएको आधारमा वि.सं. २०४५/४६ मा क्यालेन्डर सिक्किमबाट पहिलोपटक प्रकाशित भएको हो ।
– २०४६ सालको जनआन्दोलनको शक्तिले नेपालमा प्रजातन्त्रको पुनरस्थापना भएपछि मुलुकका विभिन्न जातिहरुले स्वतन्त्रताको उपभोग गर्दै जातीय पहिचानको खोजी गरे जस्तै किरात लिम्बु जातिले पनि आफ्नो पहिचानको खोजी गर्न सुरु गरे ।
– किरात याक्थुङ चुम्लुङले सिक्किमकै अनुशरण गरेर वि.सं. २०४८ देखि याक्थुङ योल्ले संवत् ५०५१÷५२ सम्म क्यालेन्डर निकाल्यो ।
– यसपछि किरात याक्थुङ चुम्लुङले किरात येले संवत् नाममा भित्ते पात्रो प्रकाशन गर्दै आएको छ । सोही नाममा किरात राई यायोक्खा, किराता याक्खा छुम्मा, सुनुवार सेवा समाज लगायत संस्थाहरुले किरात येले संवत् नाममा भित्ते पात्रो प्रकाशन गर्दै आएका छन् ।
– किराती तङ्बे शब्दको सम्बन्ध किरात सभ्यतासँग रहेको देखिन्छ ।
– ‘याक्थुङ येले तङ्गप’ मा येले शब्दले प्रथम किरात राजा यलम्बरसँग जोलिएको छ यसर्थ कि यो संवत् हाङ यलम्बरले कलियुग ४० वर्ष गत हुँदा काठमाडौँ उपत्यकामा शासन गर्न सुरु गरे भन्ने तर्कमा आधारित छ ।
– यलम्बर हाङको नाम फरक फरक इतिहासकारहरुले फरकफरक उल्लेख गरेपछि येले संवत्को नाम पनि कहिँ किरात संवत्, कहि किरात एले संवत् त कहिँ किरात येले संवत् भनी उल्लेख भयो ।
– यलम्बर फाउन्डेसन –किरातोलोजी रिसर्च सेन्टर)ले किरात येले संवत् ३७९२ –कलिगत आधारित ५०७३) –छलफलका लागि प्रस्तावित) –प्रथम पात्रो) ।
किरात येले संवत्को सम्बन्ध को सँग छ ?
– किराती तङ्बे शब्दको सम्बन्ध किरात सभ्यतासँग रहेको देखिन्छ ।
– ‘याक्थुङ येले तङ्गप’ मा ‘येले’ शब्दले प्रथम किरात राजा यलम्बरसँग जोलिएको छ यसर्थ कि यो संवत् हाङ यलम्बरले कलियुग ४० वर्ष गत हुँदा काठमाडौँ उपत्यकामा शासन गर्न सुरु गरे भन्ने तर्कमा आधारित छ ।
– यलम्बर हाङको नाम फरक फरक इतिहासकारहरुले फरकफरक उल्लेख गरेपछि येले संवत्को नाम पनि कहिँ किरात संवत्, कहिँ किरात एले संवत् त कहिँ किरात येले संवत् भनी उल्लेख भयो ।
– २०६६ साल भाद्र २२ गते सोमबार किरात समन्वय समितिका अध्यक्ष टङ्कराम सुनुवार अध्यक्षतामा सुनुवार सेवा समाजको के.का.मा बसेको बैठकले निम्न अनुसारको निर्णय गर्योः
– किरात, किरात एले, येले भनी चलिरहेको संवत्को सम्बन्धमा अब उप्रान्त “किरात येले संवत्”को रुपमा प्रयोग गर्ने सर्वसम्मत निर्णय गरियो । “संवत्” शब्दलाई आआफ्नो मातृभाषामा प्रयोग गर्ने सहमति समेत यभो ।
– यस बैठकमा सदस्यहरु दुर्गामणि देवान, सुमाया राई, अर्जुन लिम्बु, योगराज लिम्बु, विमला सुनुवार, अन्द्रविक्रम राई, सदस्य सचिव रामजी कोरङरेन, सल्लाहकार मञ्जुल याक्थुम्बा र मानबहादुर सुनुवार साथै आमन्त्रितमा अमर तुम्याहाङ –मुन्धुम पब्लिकेसन प्रा.लि.) आदिको उपस्थिति थियो ।
– किरात येले संवत्को घोषणापत्र २००९ को यसलाई अझ यसरी स्पष्ट पारेको छः “नेपालको इतिहासमा गोपाल तथा महिषपाल वंशीहरुपछि प्रथम किरात राजा यलम्बर –एलम)को पालादेखि मात्र नेपाल एक राष्ट्रका रुपमा विकसित भएको हुनाले राजा यलम्बरको स्मारक संवत्को रुपमा किरात येले संवत् प्रचलनमा रहेको छ ।” –यो घोषणापत्रमा किरात संवत् अध्ययन समन्वय समितिको तर्फबाट वैरागी काइँला र किरात समन्वय समितिको तर्फबाट दुर्गामणि देवान, टकराम सुनुवार, अर्जुन लिम्बु र चतुरभक्त राईले हस्ताक्षर गर्नुभएको छ ।)
हाङ यलम्वरको शासन समयबारेमा इतिहासकारहरु बीच विवाद
लेखक पूरा राज्यकाल आधार वर्ष खुद राज्यकाल हालको वर्ष
प्रेम बहादुर माबुहाङ – – – ई. २०१७
कर्कपेट्रिक १६३० १८५ १४४५ ई. २०१७
गोपालराज वंशावली १९६४ १८५ १७७९ ई. २०१७
पुष्प थाम्सुहाङ
–किराती संवत – – – ई. २०१७
दिनेशराज पन्त – – – ई. २०१७
सिल्भाँ लेभी – – – उल्लेख नभएको
स्रोतः मञ्जुल याक्थुम्बा, २०१०, किरात येले संवत् अभिलेख –लाई समायोजना गरिएको)

किरात येले संवत्को गणना निक्र्योल तथा राष्ट्रिय मान्यताका लागि भएका प्रयासहरु
– २०४८ देखि याक्थुङ येले संवत् उल्लेख गरी किरात याक्थुङ चुम्लुङले क्यालेन्डर प्रकाशित गरे पनि येले संवत्को कुनै ठोस भरपर्दो आधार नभएकाले संवत्का विषयमा अध्ययन अनुसन्धान गर्नुपर्छ भनेर पान्थर फेदेनमा २०५२ मा सम्पन्न किरात याक्थुङ चुम्लुङको तेस्रो महाधिवेशनबाट विषय उठान भई यस पछिका महाधिवेशनमा पनि यी विषय निरन्तर उठान भएको तर ठोस काम नभएको –मञ्जुल याक्थुम्बा) ।
– २०६४ माघमा वैरागी काइँलाले तान्छोप्पाको २०६४ माघ अङ्कमा “किराती संवत्देखि येले संवत्सम्म” लेख प्रकाशित ।
– वैरागी काइँलाको लेखलाई आधार बनाएर बलिराज खम्बुको अगुवाइमा नवसमन्व द्वैमासिकको ब्यानरमा २०६५ माघ १८ गते प्राज्ञ वैरागी काइँला, प्रोफेसर माणिकलाल श्रेष्ठ, प्राचीन इतिहास तथा संवत्विद् प्रा.डा. जगदीशचन्द्र रेग्मीको सहभागितामा किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरमा “येले सम्बतः ऐतिहासिकता र समसामयिक सन्दर्भ” अन्तरक्रिया कार्यक्रम ।

– २०६६ साउन २६ गते नवसमन्वय द्वैमासिक पत्रिका र मुन्धुम पब्लिकेसन प्रा.लि.को संयुक्त आयोजना र नेपालीसमाचारडटकम (विश्वास दीप तिगेला) को प्रायोजनमा प्राज्ञ वैरागी काइँलाको अध्यक्षता साथै प्रा.डा. जगदीचन्द्र रेग्मीको प्रमुख आतिथ्यमा मञ्जुल याक्थुम्बा लगायत किरातजन्य संस्थाका अगुवाहरुसँग सांस्कृतिक संस्थानमा “येले संवत्” अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
– यस लगतै किरात समन्वय समितिसँग मिलेर काम गर्नका लागि प्राज्ञ वैरागी काइँलाको संयोजकत्वमा “किरात येले संवत् अध्ययन सवन्वय समिति” गठन भयो । यस समितिमा सहसंयोजक प्रेम पेघा, सचिवालय सचिव बलिराज खम्बु, सञ्चार संयोजक गणेश राई, स्रोत संयोजक कृष्ण (कुमारी) सुब्बा, सदस्यहरु अमर तुम्याहाङ, क्या. छबिलाल हाङ्स्रोङ, कवि विक्रम सुब्बा, डा. युवराज लिम्बु, शान्ति देवान, दुर्गा राई, उत्तम सुनुवार, शङ्कर साम्पाङ राई, राजकुमार दिक्पाल, रामप्रसाद चेम्जोङ, क्या. बम लिम्बु (कियाचु युके), दिल पालुङ्वा (हङ्कङ), विश्वास दिप तिगेला (ब्रुनाई), डा. लाल–श्याँकारेलु रापचा (जर्मनी), नगेन्द्र इङ्नाम –अमेरिका), देबेन्द्र सुर्केली –मलेसिया), पी.एस. लिम्बु (युएई ), इमाहाङ सेत्लिङ –सिक्किम), एलबी बेघा –कियाचु कतार), हिपेन्द्र राई (युके), नरहाङ राई (किराया हङ्कङ), रामकृष्ण सुनुवार (युके) रहेका थिए ।
– किरात येले संवत् अध्ययन समन्वय समितिको कार्यगत सहयोगी संस्थाहरु किरात समन्वय समिति –किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा), राष्ट्रिय जातीय सङ्ग्रहालय नेपाल, मुन्धुम पब्लिेसन प्रा.लि. र नवसमन्वय पब्लिकेसन प्रा.लि. रहेका थिए ।
– किरात येले संवत् अध्ययन समन्वय समिति बु्रनाई शाखा मदन बान्तावा राईको अध्यक्षतामा गठन भएको थियो । यसको उपाध्यक्ष द्वयमा तरुण सुनुवार र बसन्त जिरेल, सचिव हितेन्द्र चेम्जोङ, सम्पर्क सचिव विश्वास दिप तिगेला, आर्थिक सचिव सुरेन्द्र इङ्नाम, सदस्य विष्णु जिमी याक्खा र डिल्लीशेर कोयु राई साथै सल्लाहकारमा रामप्रसाद लिम्बु हुनुहुन्थ्यो ।
– २०६६ कात्तिक १४ गते किरात येले संवत् अध्ययन समन्वय समितिका संयोजक प्राज्ञ वैरागी काइँलाको संयोजकत्वमा किरात राई यायोक्खाको के.का. कोटेश्वरमा तत्कालीन सभासदहरुसँग अन्तरक्रिया ।
– आजउरा प्रतिष्ठान जावलाखेलमा किरात येले संवत्लाई राष्ट्रिय मान्यता दिलाउन अन्तर्रा्ष्ट्रिय विशेष विचार गोष्ठी आयोजना गर्नका लागि किरात समन्वय समितिका पदाधिकारीहरुसँग अन्तरक्रिया र कार्यक्रम गर्ने निर्णय ।
– स्वदेश तथा विदेशका इतिहासकार, संवत्विद् तथा पञ्चाङ्गविदहरुको कार्यपत्रहरु प्रस्तुत हुने गरी स्वदेश तथा विदेशका किरात प्रतिनिधिहरुको सहभागितामा “किरात येले संवत् अन्तर्रा्ष्ट्रिय विशेष विचार गोष्ठी, १४–१५, नोभेम्बर, २००९” –कात्तिक २८–२९, २०६६) सम्पन्न भयो ।
– यस गोष्ठीले किरात येले संवत् हाङ यलम्बरको स्मारक संवत् भएको, सरकाले यसलाई राष्ट्रिय मान्यता दिनु पर्ने, संसारभर छरिएर रहेका किरातलेहरुले यस संवत्लाई प्रचलनमा ल्याउन आव्हान गर्दै ५ बुँदे “किरात येले संवत् घोषणापत्र – २००९” जारी गर्यो ।
– १४ डिसेम्बर, २०१० –२०६७ मङ्सिर २८ गते) मङ्गलबार किरात राई यायोक्खाको केन्द्रीय निमित्त अध्यक्ष तथा किरात समन्वय समितिका निमित्त अध्यक्षको हैसियतले श्री दुर्गा राईको अध्यक्षतामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको हलमा किरात समन्वय समिति किरात येले संवत् समन्वय समितिका संयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला साथै यस अभियानका अगुवाहरु लगायत किरात समुदायका बुद्धिजीवीहरुको सहभागिता एवम् स्रोत व्यक्तिहरु इतिहासविद् तथा संवत्विशेषज्ञ प्रा.डा. जगदीशचन्द्र रेग्मी, किरात इतिहासकार दुर्गाहाङ याक्खा राईको संलग्तामा किरात येले संवत् काल निनर्धारण सम्बन्धी अन्तरक्रिया गर्ने निर्णय भयो ।

किरात येले संवत् गणनाको आधार र गणना प्रक्रिया
– १४ डिसेम्बर, २०१० –२०६७ मङ्सिर २८ गते) मङ्गलबार किरात राई यायोक्खाको केन्द्रीय निमित्त अध्यक्ष तथा किरात समन्वय समितिका निमित्त अध्यक्षको हैसियतले श्री दुर्गा राईको अध्यक्षतामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा बसेको बैठकले किरात येले संवत्का काल निर्धारण गर्नका लागि गोपालराजावंशावली तथा काठमाडौँ मालीगाउँमा उत्खननको क्रममा भेटिएको जयवर्माको मूर्ति उभिएको बैठक भागमा उल्लेख भएको संवत् १०७ जुन शक संवत् हो, त्यो ईस्वी संवत् १८५ लाई मिलन बिन्दु मान्ने निर्णय गरियो ।
– यसमा प्राचीन नेपालको इतिहासका ज्ञाता तथा संवत्विद् प्रा.डा. जगदीशचन्द्र रेग्मीले १४–१५ नोभेम्बर २००९ त्यसअनुसार २८–२९ कात्तिक २०६६ मा भएको किरात येले संवत् अन्तर्रा्ष्ट्रिय विशेष विचारगोष्ठीको कार्यपत्रमाथि किरात इतिहासकार तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बा र किरात इतिहासकार दुर्गाहाङ याक्खाराईको अध्ययन सार संयोजन गरी कालगणना गरियो ।
– यसमा प्राचीन नेपालको इतिहासका ज्ञाता तथा संवत्विद् प्रा.डा. जगदीशचन्द्र रेग्मीले १४–१५ नोभेम्बर २००९ त्यसअनुसार २८–२९ कात्तिक २०६६ मा भएको किरात येले संवत् अन्तर्रा्ष्ट्रिय विशेष विचारगोष्ठीको कार्यपत्रमाथि किरात इतिहासकार तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बा र किरात इतिहासकार दुर्गाहाङ याक्खाराईको अध्ययन सार संयोजन गरी कालगणना गरियो ।
– गोपालराजा वंशावलीमा उल्लेखित तर गणना विवादित ३१ औँ किरात राजा खुरांजको शासन काल १८ कि ७८ भन्ने विषय खुट्याउन २३ डिसेम्बर २०१० विहिबारका दिन प्रा.डा. जगदीशचन्द्र रेग्मी, मञ्जुल याक्थुम्बा र शङ्कर साम्पाङ राई राष्ट्रिय अभिलेखालयमा गई ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष वा ७८ वर्ष भन्ने बारेमा इतिहार तथा लिपि विशेषज्ञ ऐश्वर्यधर शर्मा, लिपि विशेषज्ञ सिद्धिरत्न शाक्य, अभिलेख प्रमुख भीम नेपाल र अनुसन्धान अधिकृत राजु रिमालको रोहबरमा बसेर गरिएको गोपालराजावंशावलीको मूलप्रति परीक्षण पश्चात् ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष नभई ७८ वर्ष नै रहेको पुष्टि भयो ।
– २७ डिसेम्बरमा २०१० काठमाडौँ अनामनगरमा स्रोतब्यक्तिहरु, किरात समन्वय समितिका प्रतिनिधिहरु, किरात येले संवत् अध्ययन समितिका प्रतिनिधहरुको समुहिक छलफलबाट ई.सं. २०१० मा किरात येले संवत्को काल गणना ३७९० हुने निर्णय गर्यो । गर्णनाको पूर्ण विवरणः

S.No. King’s Name Ruling Yerars Others
1 King Sri Elam (Yalambar) 90 yrs 1779-1689 B.C.
2 King Sri Pelam 81 yrs 1689-1608 B.C.
3 King Sri Melam 89 yrs 1608-1519 B.C.
4 King Sri Cammim 42 yrs 1519-1477 B.C.
5 King Sri Dhaskam 37 yrs 1477-1440 B.C.
6 King Sri Valumca 31 yrs 6 months 1440-1408 B.C.
7 King Sri Humtim 40 yrs 8 months 1408-1367 B.C.
8 King Sri Hurama 50 yrs 1367-1317 B.C.
9 King Sri Tuske 41 yrs 8 months 1317-1275 B.C.
10 King Sri Prasaphum 38 yrs 6 months 1275-1237 B.C.
11 King Sri Pava 46 yrs 1237-1191 B.C.
12 King Sri Dasti 40 yrs 1191-1151 B.C.
13 King Sri Camba 71 yrs 1151-1080 B.C.
14 King Sri Kamkam 54 yrs 1080-1026 B.C.
15 King Sri Svananda 40 yrs 6 months 1026-985 B.C.
16 King Sri Phukom 58 yrs 985-927 B.C.
17 King Sri Simghu 49 yrs 6 months 927-877 B.C.
18 King Sri Julam 73 yrs 3 months 877-804 B.C.
19 King Sri Lukam 40 yrs 804-764 B.C.
20 King Sri Thoram 71 yrs 764-693 B.C.
21 King Sri Thuko 83 yrs 693-610 B.C.
22 King Sri Varmma 73 yrs 6 months 610-537 B.C.
23 King Sri Gumjam (Gunjam’s other name is Gasti) 72 yrs 7 months 536-463 B.C.
24 King Sri Puska (Puska’s other name is Patuk) 81 yrs 463-382 B.C.
25 King Sri Tyapami 54 yrs 382-328 B.C.
26 King Sri Mugamam 58 yrs 328-270 B.C.
27 King Sri Sasaru 63 yrs 270-207 B.C.
28 King Sri Gumnam 74 yrs 207-133 B.C.
29 King Sri Khimbu 76 yrs 133-57 B.C.
30 King Sri Girijam 81 yrs 57 B.C.-22 A.D.
31 King Sri Khuranja 78 yrs 22-100 A.D.
32 King Sri Khiju 85 yrs 100-185 A.D.
Total yrs and monts 1963 yrs 8 months or 1964 years

– यस किरातराजावंशावली अनुसार हाङ यलम्बर प्रथम किरात राजा र खिजु अन्तिम किरात राजा हुन् । उनी पछि राजा जय वर्माले नेपालमा शासन गरे ।
– नेपालका प्राचीन प्रस्तरमूर्ति विशेष तथा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति लैनसिंह बाङ्देलको अनुसन्धानात्मक कृति “जय वर्माको मूर्ति र नेपालको वर्मा वंश”को निष्कर्ष अनुसार वर्मा वंश अर्थात् लिच्छवि शासनको आरम्भ १०७ शक संवत् वा १८५ ईस्वी संवत्मा सुरु भएको हो ।
– उल्लेखित ई.सं. बाट पूर्व काल गणना गरेर हिसाब गर्दा निस्कने अङ्क १९६४ –१९६३ वर्ष ८ महिना) मा १८५ घटाएपछि हुन आउने १७७९ –१७७८ वर्ष ८ महिना) योगफलमा ई.सं. २०१७ को योगफल ३७९६ हुन आउँछ ।
– उक्त २७ डिसेम्बर २०१० को निर्णय इतिहासकार तथा संवत् विशेषज्ञ प्रा.डा. जगदीशचन्द्र रेग्मी, किरात समन्य समितिका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार मञ्जुल याक्थुम्बा, किरात इतिहासकार दुर्गाहाङ याक्खा राई, किरात येले संवत् अध्ययन समन्वय समितिका तर्फबाट सहसंयोजक प्रेम बहादुर बेघाको संयुक्त हस्ताक्षरमा १० जनवरी २०११ का दिन किरात समन्वय समितिका अध्यक्ष चतुरभक्त राईलाई विशेष कार्यक्रमका बीच “किरात येले संवत् काल निर्धारण प्रतिवेदन” हस्तान्तरण गरियो ।
– उक्त “किरात येले संवत् काल निर्धारण प्रतिवेदन”को बोदार्थ निम्न संस्था तथा महानुभावहरुलाई दिइएको थियो : –१) किरात याक्खा छुम्मा, केन्द्रीय कार्य समिति, ललितपुरस –२) सुनुवार सेवा समाज, केन्द्रीय कार्य समितिस –३) किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्य समितिस –४) किरात राई यायोक्खा, केन्द्रीय कार्य समितिस –५) प्रा.डा. जगदीशचन्द्र रेग्मीस –६) मञ्जुल याक्थुम्बा र, –७) किरात इतिहासकार दुर्गाहाङ याक्खा राई ।

किरात येले संवत् सरकारी मान्यताका लागि भएका प्रयास
– २०६६ साल पुस १ गते टङ्कराम सुनुवारको अध्यक्षतामा किरात याक्खा छुम्माको कार्यालयमा किरात समन्वयस समितिको बैठक बसी किरात येले संवत्लाई सरकारी मान्यता दिलाउनका लागि मञ्जुल याक्थुम्बाको संयोजकत्वमा ज्ञापनपत्र मस्यौदा तयारी समिति गठन गरी अन्तिम रुप दिई सरकार तथा राष्ट्र प्रमुख र सरोकारवाला निकायमा डेलिगेसन निम्न अनुसार गइयो ।
– राष्ट्रपति डा. रामवरण यादवलाई २०६६ माघ १० गते स्मरणपत्र बुझाइयो ।
– सभामुख सुवासचन्द्र नेम्बाङलाई २०६६ माघ ११ गते स्मरणपत्र बुझाइयो ।
– प्रधानमन्त्री माधवकुमार नेपाललाई २०६६ पुस ३० गते ज्ञापनपत्र बुझाइयो ।
– संस्कृतिमन्त्री मिनेन्द्र रिजाललाई २०६६ माघ १२ गते मागपत्र बुझाइयो ।
– प्रमुखप्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई २०६६ माघ ७ गते स्मरणपत्र बुझाइयो ।
पात्रो निर्माणका प्रयास –समस्या र समाधान)
– यलम्बर फाउन्डेसनको पहलमा वि.सं. २०६९/०७० त्यस अनुसार सन् २०१३/०१४ मा प्रकाशित किरात येले ३७९२ कलिगत आधारित ५०७३) पात्रो येले संवत्को नाममा प्रकाशित पहिलो पूर्ण पात्रो हो ।

समस्या प्रस्तावित समधान
किरात येले संवत्को पात्रो चान्द्र या सौर्य पात्रोको आधारमा निर्माण गर्ने ? चान्द्र पात्रोका आधारमा किरात येले संवत्को पात्रो निर्माण गर्ने ।
किरात येले संवत्को नयाँ वर्षको आरम्भ दिन माघ १ गते या माघ शुक्ल प्रतिपदालाई मान्ने ? किरात येले संवत्को नयाँ वर्षको आरम्भको दिन माघशुक्ल प्रतिपदालाई मान्ने ।
किरात येले संवत्को समय आधार बिन्दु पाटनको पटुकोडोँलाई मान्ने कि अन्यलाई मान्ने ? किरात येले संवत्को समयको आधारबिन्दु पटुक राजाको दरबार मानिएको पाटनको पटुकोडोँलाई मान्ने ।
अबको बाटो
चारै किरात संस्था र अन्य संंस्थाहरुले सामुहिक छलफल गरी टुङ्गोमा पुगेर सरकारी मान्यता दिलाई अगाडि बढाउनु पर्छ ।

किरात यलम्बर सवत ३७९६ नयाँ बर्षको पहिलो दिन माघ १ गते (विश्वास दीप तिगेला)

सन्दर्भ किरात यलम्बर सवतकोः

१. यो प्रथम किरात राजा यलम्बरको शासन शुरु भएको विन्दुबाट गणना हो । किरात उत्पतिको गणना होइन ।
२. यो मुख्यतया यलम्बरलाई पूर्खा मान्नेहरुको सवत हो चुम्लुङ, यायोक्खा, याख्खा, सुनुवारको मात्र होइन ।
३. खोज शुरुवात नै ५०७७ को गणना विन्दु पत्ता लगाउन शुरु गरिएको हो अन्ततः ३७९६ पत्ता लागेको हो । त्यो ५०७७ को सबैभन्दा धेरै माया अध्ययन समन्वय समितिका खोजकर्ताहरुमा छ तर अफसोच गणनाको विन्दु भेटिएन र विवस भएर अन्तिम होइन तर अहिले सम्म भेटिएका आधार मध्येको विश्वास योग्य ३७९६ मान्न बाध्य भएको अवस्था हो ।
४. यो विवाद होइन । सिर्फ आधार भेटिएको कुरा मात्र बाहिर ल्याइएको हो । यलम्बर सवत अध्ययन समन्वय समितिले अब सबैले आधार भेटिएकोलाई प्रयोग गर्न आग्रह गर्दछ तर कसैले आधार नभेटिएकोलाई मानेमा पनि विरोध गर्दैन । खोजमा भेटिएको कुरा दिने हो ।
५. प्राप्त दस्तावेज अध्ययन गर्नुहुनेहरुले अब ३९९६ लाई शुरु गरिसक्नु भएको छ । केहीले असहमति जनाउनु भएको छ । असहमति राख्नुहुनेले सवंतको मिति संग होइन प्रकृया संग असहमति भन्नु भएको छ । प्रकृया महत्वपूर्ण होइन पत्ता लागेको सवत् महत्वपूर्ण हो । असहमत हुनुहुनेहरुले खोज गर्ने टिम बनाएर नयाँ तथ्यको लागि काम गरिदिए यो सवत् अध्ययन समन्वय समिति आभारी हुनेछ र सक्दो सहयोग गर्न तयार छ । कसले सहमत गरयो, विरोध गरयो संग सरोकार होइन हामीलाई विश्वासयोग्य इतिहास संग चासो र सरोकार हो ।
६. किरात दावी गर्ने चुम्लुङ, यायोक्खा, याख्खा, सुनुवार संगठनको सयुक्त सहभागिता र पहलमा ३७९६ पत्ता लागेको र निर्धारण गरिएको हो ।
७. प्राज्ञिक खोजका प्राय सबै प्रकृया पुरा गरिएको छ ।
९. जसले गणनाको आधार नभेटिएको ५०७७ लाई प्रयोग गर्छन कसैले विरोध नगरौ सबैमा स्वतन्त्रताको हक छ र विस्तारै गणनाको विन्दु भेटिएकोमा नआई सुखै छैन ।
१०. किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति र धरान चुम्लुङले पूर्व प्राज्ञ सदस्य अमर तुम्याहाङलाई निमन्त्रणा गरि किरात यलम्बर सवतको बारेमा जानकारी दिन गत १० जनवरी २०१७ मा आग्रह गर्नुभयो र वहाको प्रस्तुतीमा एकाध बाहेक सबैको सहमति देखिए र चुम्लुङ अध्यक्ष ज्यूले वहाको कार्यकाल एक बर्ष बाँकी रहेको र यहि अवधि भित्र यस विषयलाई टुगो लगाएर मात्र विदा हुने प्रतिबद्धता गर्नुभयो ।
८. यस बर्ष २०७३ साल माघ १ गते १५ जनवरी २०१७) किरात यलम्बर सवत् ३७९६ को पहिलो दिन हो ।

नयाँ बर्षहरु (in 2017):
१. ग्रेग्रियन (क्रिश्चयन) क्यालेण्डरको नयाँ बर्ष जनवरी १, २०१७, Solar
२. पंन्चांग (हिन्दु) क्यालेण्डरको नयाँ बर्ष बैशाक १, २०७४, Lunar
३. बुद्धिष्ट क्यालेण्डर नयाँ बर्ष अप्रिल १, २५५४ Solar
४. हिज्री (मुस्लिम) क्यालेण्डर नयाँ बर्ष सेप्टेम्बर २२, १४३९, Lunar
५. यलम्बर (किरात) क्यालेण्डर नयाँ बर्ष माघ १, ३७९६, Lunar
६. नेपाल सवत (हिन्दु/बुद्धिष्ट) क्यालेण्डर नयाँ बर्ष नोभेम्बर १२, ११३८ Lunar

– विश्वास दीप तिगेला

पुराना सभ्यताहरू र किरात येले संवतको कुरा (विक्रम सुब्बा)

पुराना सभ्यताहरू र किरात येले संवत:

१. मेसोपोटामियाको सभ्यताको समय 3300-750BC (अर्थात, ५३१७ वर्ष पुरानो)
२. प्राचीन ईजिप्टको सभ्यताको समय 3150 BC – 30 BC (अर्थात, ५१६७ वर्ष पुरानो)
३. सिन्धुघाटीको सभ्यताको समय 2600BC-1900BC (अर्थात, ४६१७ वर्ष पुरानो)
४. माया सभ्यताको समय 2000 BC-1540 AD (अर्थात, ४०१७ वर्ष पुरानो)
५. प्राचीन ग्रीक सभ्यताको समय 800 BC-600 AD (अर्थात, २८१७ वर्ष पुरानो)
६. पर्सियन (फारसी) सभ्यताको समय 550 BC – 651 AD (अर्थात, २५६७ वर्ष पुरानो)
७. छोला राजवंशको समय 350BC-1279AD (अर्थात, २३६७ वर्ष पुरानो)
८. चिनीया सभ्यताको समय 221 BC-1912 AD (अर्थात, २२३८ वर्ष पुरानो)
९. रोमन सभ्यता समय 27 BC-1453 AD (अर्थात, २०४४ वर्ष पुरानो)
१०. मंगोल साम्राज्यको समय 1206-1368AD (अर्थात, ८११वर्ष पुरानो)
११. आज्टेक्स सभ्यताको समय 1428 AD – 1521 AD (अर्थात, ५८९ वर्ष पुरानो)
१२. ईन्का सभ्यताको समय 1438 AD to 1533 AD (अर्थात, ५७९ वर्ष पुरानो)
१३. मुगल साम्राज्यको समय 1526-1857AD (अर्थात, ४९१ वर्ष पुरानो)

टिप्पणीः
१. उल्लेखित १३ सभ्यताहरू मध्ये सबैभन्दा पुरानो सभ्यता मेसोपोटामियाको सभ्यता देखिन्छ जुन ५३१७ वर्ष पुरानो हो । दोस्रो पुरानो सभ्यता प्राचीन ईजिप्टको सभ्यता देखिन्छ जुन ५१६७ वर्ष पुरानो हो । त्यसपछि सिन्दुघाटीको सभ्यता ४६१७ वर्ष पुरानो देखिन्छ ।

२. किरात राजा यलम्बरले यदि ५०७७ वर्ष पहिले नेपाल खाल्डोमा शासन गर्न थालेको हो भने त किरात सभ्यता सन्सारको सबैभन्दा पुरानो सभ्यताहरू मध्ये एक सभ्यता पो हुन गयो त ! यसो हो भने त अहिले सम्मका सभ्यताका अध्येताहरूले किरात सभ्यतालाई अध्ययन नगरेका हुन् त? यो त संभव छैन । अहिले सम्मका सामज शास्त्री, मानव शास्त्रीले किरात सभ्यता सबैभन्दा पुरानो भनि कतै उल्लेख गरेका छैनन् । माया सभ्यता पनि ४०१७ वर्ष पुरानो मात्र देखिन्छ । अरु सभ्यता त ३ हजार वर्ष भन्दा कम समयका सभ्यता देखिन्छन् । यसरी हेर्दा पनि प्रथम किरात राजा यलम्बरको शासन ५०७७ वर्ष पहिले सुरु भएको भन्ने कुरा तथ्यपरक देखिँदैन ।

Ref.
http://www.thetoptens.com/greatest-civilizations/
http://www.ancienthistorylists.com/ancient-civilizations/10-oldest-ancient-civilizations-ever-existed/