किरात यलम्बर सवत ३७९६ नयाँ बर्षको पहिलो दिन माघ १ गते (विश्वास दीप तिगेला)

सन्दर्भ किरात यलम्बर सवतकोः

१. यो प्रथम किरात राजा यलम्बरको शासन शुरु भएको विन्दुबाट गणना हो । किरात उत्पतिको गणना होइन ।
२. यो मुख्यतया यलम्बरलाई पूर्खा मान्नेहरुको सवत हो चुम्लुङ, यायोक्खा, याख्खा, सुनुवारको मात्र होइन ।
३. खोज शुरुवात नै ५०७७ को गणना विन्दु पत्ता लगाउन शुरु गरिएको हो अन्ततः ३७९६ पत्ता लागेको हो । त्यो ५०७७ को सबैभन्दा धेरै माया अध्ययन समन्वय समितिका खोजकर्ताहरुमा छ तर अफसोच गणनाको विन्दु भेटिएन र विवस भएर अन्तिम होइन तर अहिले सम्म भेटिएका आधार मध्येको विश्वास योग्य ३७९६ मान्न बाध्य भएको अवस्था हो ।
४. यो विवाद होइन । सिर्फ आधार भेटिएको कुरा मात्र बाहिर ल्याइएको हो । यलम्बर सवत अध्ययन समन्वय समितिले अब सबैले आधार भेटिएकोलाई प्रयोग गर्न आग्रह गर्दछ तर कसैले आधार नभेटिएकोलाई मानेमा पनि विरोध गर्दैन । खोजमा भेटिएको कुरा दिने हो ।
५. प्राप्त दस्तावेज अध्ययन गर्नुहुनेहरुले अब ३९९६ लाई शुरु गरिसक्नु भएको छ । केहीले असहमति जनाउनु भएको छ । असहमति राख्नुहुनेले सवंतको मिति संग होइन प्रकृया संग असहमति भन्नु भएको छ । प्रकृया महत्वपूर्ण होइन पत्ता लागेको सवत् महत्वपूर्ण हो । असहमत हुनुहुनेहरुले खोज गर्ने टिम बनाएर नयाँ तथ्यको लागि काम गरिदिए यो सवत् अध्ययन समन्वय समिति आभारी हुनेछ र सक्दो सहयोग गर्न तयार छ । कसले सहमत गरयो, विरोध गरयो संग सरोकार होइन हामीलाई विश्वासयोग्य इतिहास संग चासो र सरोकार हो ।
६. किरात दावी गर्ने चुम्लुङ, यायोक्खा, याख्खा, सुनुवार संगठनको सयुक्त सहभागिता र पहलमा ३७९६ पत्ता लागेको र निर्धारण गरिएको हो ।
७. प्राज्ञिक खोजका प्राय सबै प्रकृया पुरा गरिएको छ ।
९. जसले गणनाको आधार नभेटिएको ५०७७ लाई प्रयोग गर्छन कसैले विरोध नगरौ सबैमा स्वतन्त्रताको हक छ र विस्तारै गणनाको विन्दु भेटिएकोमा नआई सुखै छैन ।
१०. किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति र धरान चुम्लुङले पूर्व प्राज्ञ सदस्य अमर तुम्याहाङलाई निमन्त्रणा गरि किरात यलम्बर सवतको बारेमा जानकारी दिन गत १० जनवरी २०१७ मा आग्रह गर्नुभयो र वहाको प्रस्तुतीमा एकाध बाहेक सबैको सहमति देखिए र चुम्लुङ अध्यक्ष ज्यूले वहाको कार्यकाल एक बर्ष बाँकी रहेको र यहि अवधि भित्र यस विषयलाई टुगो लगाएर मात्र विदा हुने प्रतिबद्धता गर्नुभयो ।
८. यस बर्ष २०७३ साल माघ १ गते १५ जनवरी २०१७) किरात यलम्बर सवत् ३७९६ को पहिलो दिन हो ।

नयाँ बर्षहरु (in 2017):
१. ग्रेग्रियन (क्रिश्चयन) क्यालेण्डरको नयाँ बर्ष जनवरी १, २०१७, Solar
२. पंन्चांग (हिन्दु) क्यालेण्डरको नयाँ बर्ष बैशाक १, २०७४, Lunar
३. बुद्धिष्ट क्यालेण्डर नयाँ बर्ष अप्रिल १, २५५४ Solar
४. हिज्री (मुस्लिम) क्यालेण्डर नयाँ बर्ष सेप्टेम्बर २२, १४३९, Lunar
५. यलम्बर (किरात) क्यालेण्डर नयाँ बर्ष माघ १, ३७९६, Lunar
६. नेपाल सवत (हिन्दु/बुद्धिष्ट) क्यालेण्डर नयाँ बर्ष नोभेम्बर १२, ११३८ Lunar

– विश्वास दीप तिगेला