फाउन्डेसन परिचय

यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर) किरातहरूका सामाजिक सवालहरूमा अध्ययन-अनुसन्धान गर्न र किरात भाषा, संस्कति, साहित्य, कला, दर्शन, इतिहास लगायतको प्रवर्धन तथा संरक्षण गर्ने कार्यका निम्ति विसं २०६७ (सन् २०१०) मा किरातजन्य अनुसन्धाताहरूद्वारा काठमान्डुमा विधिवत दर्ता भई स्थापित एक गैह्रसरकारी संस्था हो । यसले आफ्ना उद्देश्य मिल्ने मुलुकभित्रका वा बाहिरका बिभिन्न सरकारी तथा गैह्रसरकारी सङ्घसंस्थाहरू वा व्यक्तिगत दाताहरूसंगको सहकार्यमा किरात सम्बद्ध सवालहरूलाई अनुसन्धान गरेर किरात समुदायको उन्नति र प्रगतिका निम्ति योगदान गर्दछ । यस संस्थाका उद्देश्य तथा कार्यहरू निम्नानुसार हुनेछन्:

यलम्बर फाउन्डेसन (किरातोलोजी रिसर्च सेन्टर)का उद्देश्यहरू

  • किरात समुदायका भाषा, साहित्य, संस्कृति, इतिहास तथा लिपिहरूको संरक्षण तथा सम्बर्धन गर्ने
  • किरात समुदायका विविध सामाजिक सवालहरूमा अध्ययन गर्ने
  • किरात विद्युतकणीय पुस्तकालय स्थापना र सन्चालन गर्ने
  • किरात समुदायको उत्थानका निम्ति महत्वपूर्ण कार्य गर्नेप्रति कदर संस्कृतिको विकास गर्ने

 

संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कार्यक्रमहरू

  • किरात समुदायका भाषा, साहित्य, संस्कृति, इतिहास तथा लिपिका बारेमा अध्ययन तथा अनुसन्धान र प्रकाशन गरी सरोकारवालाहरुलाई जानकारी दिने
  • किरात समुदायको राजनैतिक, सामाजिक, आर्थिक तथा जैविक अधिकारका बारेमा अध्ययन तथा अनुसन्धान गरी प्रकाशन गर्दै सरोकारवालाहरुलाई जानकारी दिने
  • किरात समुदायसँग सम्बन्धित सवालहरुमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको सेमिनार, गोष्ठी आयोजना गरी प्राप्त निस्कर्षसहितका सामग्रीहरू प्रकाशन गर्ने
  • किरात समुदायसँग सम्बन्धित अनुसन्धानमुलक वृत्तचित्र, चलचित्र, कार्टुन, म्युजिक भिडियो, अडियो जस्ता विद्युतकणीय सामग्री निर्माण तथा प्रचारप्रसारमा सघाउ पुर्‍याउने
  • किरात समुदायसँग सम्बन्धित अनुसन्धानकर्ता, साहित्यकार, इतिहासकार, संस्कृतिविद्, कलाकार, वैज्ञानिक, समाजसेवी, बुद्धिजीवीहरूको कदर स्वरुप पुरस्कारहरू स्थापना गरी सम्मानको संस्कृतीलाई अघि बढाउँने

 

नोट: बिस्तृत जानकारीको लागि विधान र संभावित कामहरू हेर्नुहोस्