किरात येले संवत् काल गणना: एक मन्थन (अमर तुम्याहाङ)

किरात येले संवत्को प्रयोग:
– पुष्प थाम्सुहाङले ‘स्रिजङ्गा’ मासिकको वर्ष १, अङ्क ७, २०३० थेसेक्रो (कार्तिक) को पृष्ठ ३ मा पहिलोचोटि किराती तङ्बे –संवत्) ५०७३’ भनेर छापेका थिए ।
– वर्ष १, अङ्क १२ मा दोस्रोपटक किराती संवत् ५०७४ –वि.स.२०३०, चैत्र) भनेर पुष्प थाम्सुहाङले नै छापे ।
– शुभकामना छाप्ने क्रममा यो संवत्को प्रयोग भएको हो । यस संवत्को आधार विक्रमजित हसरतले लेखेको इतिहास पुस्तक हो ।
– जसहाङ मादेनको सम्पादनमा ‘असेक् तङ्बेलेन याक्थुङ योल्ले लोन’ नामको ‘याक्थुङ योल्ले तङ्गप’ उल्लेख गरी पात्रो प्रकाशित गरे । यो पात्रो कलियुग ४० वर्ष गत हुँदा येलम्वरहाङले नेपालमा राज्य स्थापना गरेको भनी वि.सं. २०११ मा ‘संक्षिप्त नेपाल इतिहास’ मा प्रेमबहादुर मावोहाङद्वारा उल्लेख गरिएको आधारमा वि.सं. २०४५/४६ मा क्यालेन्डर सिक्किमबाट पहिलोपटक प्रकाशित भएको हो ।
– २०४६ सालको जनआन्दोलनको शक्तिले नेपालमा प्रजातन्त्रको पुनरस्थापना भएपछि मुलुकका विभिन्न जातिहरुले स्वतन्त्रताको उपभोग गर्दै जातीय पहिचानको खोजी गरे जस्तै किरात लिम्बु जातिले पनि आफ्नो पहिचानको खोजी गर्न सुरु गरे ।
– किरात याक्थुङ चुम्लुङले सिक्किमकै अनुशरण गरेर वि.सं. २०४८ देखि याक्थुङ योल्ले संवत् ५०५१÷५२ सम्म क्यालेन्डर निकाल्यो ।
– यसपछि किरात याक्थुङ चुम्लुङले किरात येले संवत् नाममा भित्ते पात्रो प्रकाशन गर्दै आएको छ । सोही नाममा किरात राई यायोक्खा, किराता याक्खा छुम्मा, सुनुवार सेवा समाज लगायत संस्थाहरुले किरात येले संवत् नाममा भित्ते पात्रो प्रकाशन गर्दै आएका छन् ।
– किराती तङ्बे शब्दको सम्बन्ध किरात सभ्यतासँग रहेको देखिन्छ ।
– ‘याक्थुङ येले तङ्गप’ मा येले शब्दले प्रथम किरात राजा यलम्बरसँग जोलिएको छ यसर्थ कि यो संवत् हाङ यलम्बरले कलियुग ४० वर्ष गत हुँदा काठमाडौँ उपत्यकामा शासन गर्न सुरु गरे भन्ने तर्कमा आधारित छ ।
– यलम्बर हाङको नाम फरक फरक इतिहासकारहरुले फरकफरक उल्लेख गरेपछि येले संवत्को नाम पनि कहिँ किरात संवत्, कहि किरात एले संवत् त कहिँ किरात येले संवत् भनी उल्लेख भयो ।
– यलम्बर फाउन्डेसन –किरातोलोजी रिसर्च सेन्टर)ले किरात येले संवत् ३७९२ –कलिगत आधारित ५०७३) –छलफलका लागि प्रस्तावित) –प्रथम पात्रो) ।
किरात येले संवत्को सम्बन्ध को सँग छ ?
– किराती तङ्बे शब्दको सम्बन्ध किरात सभ्यतासँग रहेको देखिन्छ ।
– ‘याक्थुङ येले तङ्गप’ मा ‘येले’ शब्दले प्रथम किरात राजा यलम्बरसँग जोलिएको छ यसर्थ कि यो संवत् हाङ यलम्बरले कलियुग ४० वर्ष गत हुँदा काठमाडौँ उपत्यकामा शासन गर्न सुरु गरे भन्ने तर्कमा आधारित छ ।
– यलम्बर हाङको नाम फरक फरक इतिहासकारहरुले फरकफरक उल्लेख गरेपछि येले संवत्को नाम पनि कहिँ किरात संवत्, कहिँ किरात एले संवत् त कहिँ किरात येले संवत् भनी उल्लेख भयो ।
– २०६६ साल भाद्र २२ गते सोमबार किरात समन्वय समितिका अध्यक्ष टङ्कराम सुनुवार अध्यक्षतामा सुनुवार सेवा समाजको के.का.मा बसेको बैठकले निम्न अनुसारको निर्णय गर्योः
– किरात, किरात एले, येले भनी चलिरहेको संवत्को सम्बन्धमा अब उप्रान्त “किरात येले संवत्”को रुपमा प्रयोग गर्ने सर्वसम्मत निर्णय गरियो । “संवत्” शब्दलाई आआफ्नो मातृभाषामा प्रयोग गर्ने सहमति समेत यभो ।
– यस बैठकमा सदस्यहरु दुर्गामणि देवान, सुमाया राई, अर्जुन लिम्बु, योगराज लिम्बु, विमला सुनुवार, अन्द्रविक्रम राई, सदस्य सचिव रामजी कोरङरेन, सल्लाहकार मञ्जुल याक्थुम्बा र मानबहादुर सुनुवार साथै आमन्त्रितमा अमर तुम्याहाङ –मुन्धुम पब्लिकेसन प्रा.लि.) आदिको उपस्थिति थियो ।
– किरात येले संवत्को घोषणापत्र २००९ को यसलाई अझ यसरी स्पष्ट पारेको छः “नेपालको इतिहासमा गोपाल तथा महिषपाल वंशीहरुपछि प्रथम किरात राजा यलम्बर –एलम)को पालादेखि मात्र नेपाल एक राष्ट्रका रुपमा विकसित भएको हुनाले राजा यलम्बरको स्मारक संवत्को रुपमा किरात येले संवत् प्रचलनमा रहेको छ ।” –यो घोषणापत्रमा किरात संवत् अध्ययन समन्वय समितिको तर्फबाट वैरागी काइँला र किरात समन्वय समितिको तर्फबाट दुर्गामणि देवान, टकराम सुनुवार, अर्जुन लिम्बु र चतुरभक्त राईले हस्ताक्षर गर्नुभएको छ ।)
हाङ यलम्वरको शासन समयबारेमा इतिहासकारहरु बीच विवाद
लेखक पूरा राज्यकाल आधार वर्ष खुद राज्यकाल हालको वर्ष
प्रेम बहादुर माबुहाङ – – – ई. २०१७
कर्कपेट्रिक १६३० १८५ १४४५ ई. २०१७
गोपालराज वंशावली १९६४ १८५ १७७९ ई. २०१७
पुष्प थाम्सुहाङ
–किराती संवत – – – ई. २०१७
दिनेशराज पन्त – – – ई. २०१७
सिल्भाँ लेभी – – – उल्लेख नभएको
स्रोतः मञ्जुल याक्थुम्बा, २०१०, किरात येले संवत् अभिलेख –लाई समायोजना गरिएको)

किरात येले संवत्को गणना निक्र्योल तथा राष्ट्रिय मान्यताका लागि भएका प्रयासहरु
– २०४८ देखि याक्थुङ येले संवत् उल्लेख गरी किरात याक्थुङ चुम्लुङले क्यालेन्डर प्रकाशित गरे पनि येले संवत्को कुनै ठोस भरपर्दो आधार नभएकाले संवत्का विषयमा अध्ययन अनुसन्धान गर्नुपर्छ भनेर पान्थर फेदेनमा २०५२ मा सम्पन्न किरात याक्थुङ चुम्लुङको तेस्रो महाधिवेशनबाट विषय उठान भई यस पछिका महाधिवेशनमा पनि यी विषय निरन्तर उठान भएको तर ठोस काम नभएको –मञ्जुल याक्थुम्बा) ।
– २०६४ माघमा वैरागी काइँलाले तान्छोप्पाको २०६४ माघ अङ्कमा “किराती संवत्देखि येले संवत्सम्म” लेख प्रकाशित ।
– वैरागी काइँलाको लेखलाई आधार बनाएर बलिराज खम्बुको अगुवाइमा नवसमन्व द्वैमासिकको ब्यानरमा २०६५ माघ १८ गते प्राज्ञ वैरागी काइँला, प्रोफेसर माणिकलाल श्रेष्ठ, प्राचीन इतिहास तथा संवत्विद् प्रा.डा. जगदीशचन्द्र रेग्मीको सहभागितामा किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरमा “येले सम्बतः ऐतिहासिकता र समसामयिक सन्दर्भ” अन्तरक्रिया कार्यक्रम ।

– २०६६ साउन २६ गते नवसमन्वय द्वैमासिक पत्रिका र मुन्धुम पब्लिकेसन प्रा.लि.को संयुक्त आयोजना र नेपालीसमाचारडटकम (विश्वास दीप तिगेला) को प्रायोजनमा प्राज्ञ वैरागी काइँलाको अध्यक्षता साथै प्रा.डा. जगदीचन्द्र रेग्मीको प्रमुख आतिथ्यमा मञ्जुल याक्थुम्बा लगायत किरातजन्य संस्थाका अगुवाहरुसँग सांस्कृतिक संस्थानमा “येले संवत्” अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
– यस लगतै किरात समन्वय समितिसँग मिलेर काम गर्नका लागि प्राज्ञ वैरागी काइँलाको संयोजकत्वमा “किरात येले संवत् अध्ययन सवन्वय समिति” गठन भयो । यस समितिमा सहसंयोजक प्रेम पेघा, सचिवालय सचिव बलिराज खम्बु, सञ्चार संयोजक गणेश राई, स्रोत संयोजक कृष्ण (कुमारी) सुब्बा, सदस्यहरु अमर तुम्याहाङ, क्या. छबिलाल हाङ्स्रोङ, कवि विक्रम सुब्बा, डा. युवराज लिम्बु, शान्ति देवान, दुर्गा राई, उत्तम सुनुवार, शङ्कर साम्पाङ राई, राजकुमार दिक्पाल, रामप्रसाद चेम्जोङ, क्या. बम लिम्बु (कियाचु युके), दिल पालुङ्वा (हङ्कङ), विश्वास दिप तिगेला (ब्रुनाई), डा. लाल–श्याँकारेलु रापचा (जर्मनी), नगेन्द्र इङ्नाम –अमेरिका), देबेन्द्र सुर्केली –मलेसिया), पी.एस. लिम्बु (युएई ), इमाहाङ सेत्लिङ –सिक्किम), एलबी बेघा –कियाचु कतार), हिपेन्द्र राई (युके), नरहाङ राई (किराया हङ्कङ), रामकृष्ण सुनुवार (युके) रहेका थिए ।
– किरात येले संवत् अध्ययन समन्वय समितिको कार्यगत सहयोगी संस्थाहरु किरात समन्वय समिति –किरात याक्खा छुम्मा, किरात सुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा), राष्ट्रिय जातीय सङ्ग्रहालय नेपाल, मुन्धुम पब्लिेसन प्रा.लि. र नवसमन्वय पब्लिकेसन प्रा.लि. रहेका थिए ।
– किरात येले संवत् अध्ययन समन्वय समिति बु्रनाई शाखा मदन बान्तावा राईको अध्यक्षतामा गठन भएको थियो । यसको उपाध्यक्ष द्वयमा तरुण सुनुवार र बसन्त जिरेल, सचिव हितेन्द्र चेम्जोङ, सम्पर्क सचिव विश्वास दिप तिगेला, आर्थिक सचिव सुरेन्द्र इङ्नाम, सदस्य विष्णु जिमी याक्खा र डिल्लीशेर कोयु राई साथै सल्लाहकारमा रामप्रसाद लिम्बु हुनुहुन्थ्यो ।
– २०६६ कात्तिक १४ गते किरात येले संवत् अध्ययन समन्वय समितिका संयोजक प्राज्ञ वैरागी काइँलाको संयोजकत्वमा किरात राई यायोक्खाको के.का. कोटेश्वरमा तत्कालीन सभासदहरुसँग अन्तरक्रिया ।
– आजउरा प्रतिष्ठान जावलाखेलमा किरात येले संवत्लाई राष्ट्रिय मान्यता दिलाउन अन्तर्रा्ष्ट्रिय विशेष विचार गोष्ठी आयोजना गर्नका लागि किरात समन्वय समितिका पदाधिकारीहरुसँग अन्तरक्रिया र कार्यक्रम गर्ने निर्णय ।
– स्वदेश तथा विदेशका इतिहासकार, संवत्विद् तथा पञ्चाङ्गविदहरुको कार्यपत्रहरु प्रस्तुत हुने गरी स्वदेश तथा विदेशका किरात प्रतिनिधिहरुको सहभागितामा “किरात येले संवत् अन्तर्रा्ष्ट्रिय विशेष विचार गोष्ठी, १४–१५, नोभेम्बर, २००९” –कात्तिक २८–२९, २०६६) सम्पन्न भयो ।
– यस गोष्ठीले किरात येले संवत् हाङ यलम्बरको स्मारक संवत् भएको, सरकाले यसलाई राष्ट्रिय मान्यता दिनु पर्ने, संसारभर छरिएर रहेका किरातलेहरुले यस संवत्लाई प्रचलनमा ल्याउन आव्हान गर्दै ५ बुँदे “किरात येले संवत् घोषणापत्र – २००९” जारी गर्यो ।
– १४ डिसेम्बर, २०१० –२०६७ मङ्सिर २८ गते) मङ्गलबार किरात राई यायोक्खाको केन्द्रीय निमित्त अध्यक्ष तथा किरात समन्वय समितिका निमित्त अध्यक्षको हैसियतले श्री दुर्गा राईको अध्यक्षतामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको हलमा किरात समन्वय समिति किरात येले संवत् समन्वय समितिका संयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला साथै यस अभियानका अगुवाहरु लगायत किरात समुदायका बुद्धिजीवीहरुको सहभागिता एवम् स्रोत व्यक्तिहरु इतिहासविद् तथा संवत्विशेषज्ञ प्रा.डा. जगदीशचन्द्र रेग्मी, किरात इतिहासकार दुर्गाहाङ याक्खा राईको संलग्तामा किरात येले संवत् काल निनर्धारण सम्बन्धी अन्तरक्रिया गर्ने निर्णय भयो ।

किरात येले संवत् गणनाको आधार र गणना प्रक्रिया
– १४ डिसेम्बर, २०१० –२०६७ मङ्सिर २८ गते) मङ्गलबार किरात राई यायोक्खाको केन्द्रीय निमित्त अध्यक्ष तथा किरात समन्वय समितिका निमित्त अध्यक्षको हैसियतले श्री दुर्गा राईको अध्यक्षतामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा बसेको बैठकले किरात येले संवत्का काल निर्धारण गर्नका लागि गोपालराजावंशावली तथा काठमाडौँ मालीगाउँमा उत्खननको क्रममा भेटिएको जयवर्माको मूर्ति उभिएको बैठक भागमा उल्लेख भएको संवत् १०७ जुन शक संवत् हो, त्यो ईस्वी संवत् १८५ लाई मिलन बिन्दु मान्ने निर्णय गरियो ।
– यसमा प्राचीन नेपालको इतिहासका ज्ञाता तथा संवत्विद् प्रा.डा. जगदीशचन्द्र रेग्मीले १४–१५ नोभेम्बर २००९ त्यसअनुसार २८–२९ कात्तिक २०६६ मा भएको किरात येले संवत् अन्तर्रा्ष्ट्रिय विशेष विचारगोष्ठीको कार्यपत्रमाथि किरात इतिहासकार तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बा र किरात इतिहासकार दुर्गाहाङ याक्खाराईको अध्ययन सार संयोजन गरी कालगणना गरियो ।
– यसमा प्राचीन नेपालको इतिहासका ज्ञाता तथा संवत्विद् प्रा.डा. जगदीशचन्द्र रेग्मीले १४–१५ नोभेम्बर २००९ त्यसअनुसार २८–२९ कात्तिक २०६६ मा भएको किरात येले संवत् अन्तर्रा्ष्ट्रिय विशेष विचारगोष्ठीको कार्यपत्रमाथि किरात इतिहासकार तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बा र किरात इतिहासकार दुर्गाहाङ याक्खाराईको अध्ययन सार संयोजन गरी कालगणना गरियो ।
– गोपालराजा वंशावलीमा उल्लेखित तर गणना विवादित ३१ औँ किरात राजा खुरांजको शासन काल १८ कि ७८ भन्ने विषय खुट्याउन २३ डिसेम्बर २०१० विहिबारका दिन प्रा.डा. जगदीशचन्द्र रेग्मी, मञ्जुल याक्थुम्बा र शङ्कर साम्पाङ राई राष्ट्रिय अभिलेखालयमा गई ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष वा ७८ वर्ष भन्ने बारेमा इतिहार तथा लिपि विशेषज्ञ ऐश्वर्यधर शर्मा, लिपि विशेषज्ञ सिद्धिरत्न शाक्य, अभिलेख प्रमुख भीम नेपाल र अनुसन्धान अधिकृत राजु रिमालको रोहबरमा बसेर गरिएको गोपालराजावंशावलीको मूलप्रति परीक्षण पश्चात् ३१ औँ किरात राजा खुरांजको शासन १८ वर्ष नभई ७८ वर्ष नै रहेको पुष्टि भयो ।
– २७ डिसेम्बरमा २०१० काठमाडौँ अनामनगरमा स्रोतब्यक्तिहरु, किरात समन्वय समितिका प्रतिनिधिहरु, किरात येले संवत् अध्ययन समितिका प्रतिनिधहरुको समुहिक छलफलबाट ई.सं. २०१० मा किरात येले संवत्को काल गणना ३७९० हुने निर्णय गर्यो । गर्णनाको पूर्ण विवरणः

S.No. King’s Name Ruling Yerars Others
1 King Sri Elam (Yalambar) 90 yrs 1779-1689 B.C.
2 King Sri Pelam 81 yrs 1689-1608 B.C.
3 King Sri Melam 89 yrs 1608-1519 B.C.
4 King Sri Cammim 42 yrs 1519-1477 B.C.
5 King Sri Dhaskam 37 yrs 1477-1440 B.C.
6 King Sri Valumca 31 yrs 6 months 1440-1408 B.C.
7 King Sri Humtim 40 yrs 8 months 1408-1367 B.C.
8 King Sri Hurama 50 yrs 1367-1317 B.C.
9 King Sri Tuske 41 yrs 8 months 1317-1275 B.C.
10 King Sri Prasaphum 38 yrs 6 months 1275-1237 B.C.
11 King Sri Pava 46 yrs 1237-1191 B.C.
12 King Sri Dasti 40 yrs 1191-1151 B.C.
13 King Sri Camba 71 yrs 1151-1080 B.C.
14 King Sri Kamkam 54 yrs 1080-1026 B.C.
15 King Sri Svananda 40 yrs 6 months 1026-985 B.C.
16 King Sri Phukom 58 yrs 985-927 B.C.
17 King Sri Simghu 49 yrs 6 months 927-877 B.C.
18 King Sri Julam 73 yrs 3 months 877-804 B.C.
19 King Sri Lukam 40 yrs 804-764 B.C.
20 King Sri Thoram 71 yrs 764-693 B.C.
21 King Sri Thuko 83 yrs 693-610 B.C.
22 King Sri Varmma 73 yrs 6 months 610-537 B.C.
23 King Sri Gumjam (Gunjam’s other name is Gasti) 72 yrs 7 months 536-463 B.C.
24 King Sri Puska (Puska’s other name is Patuk) 81 yrs 463-382 B.C.
25 King Sri Tyapami 54 yrs 382-328 B.C.
26 King Sri Mugamam 58 yrs 328-270 B.C.
27 King Sri Sasaru 63 yrs 270-207 B.C.
28 King Sri Gumnam 74 yrs 207-133 B.C.
29 King Sri Khimbu 76 yrs 133-57 B.C.
30 King Sri Girijam 81 yrs 57 B.C.-22 A.D.
31 King Sri Khuranja 78 yrs 22-100 A.D.
32 King Sri Khiju 85 yrs 100-185 A.D.
Total yrs and monts 1963 yrs 8 months or 1964 years

– यस किरातराजावंशावली अनुसार हाङ यलम्बर प्रथम किरात राजा र खिजु अन्तिम किरात राजा हुन् । उनी पछि राजा जय वर्माले नेपालमा शासन गरे ।
– नेपालका प्राचीन प्रस्तरमूर्ति विशेष तथा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति लैनसिंह बाङ्देलको अनुसन्धानात्मक कृति “जय वर्माको मूर्ति र नेपालको वर्मा वंश”को निष्कर्ष अनुसार वर्मा वंश अर्थात् लिच्छवि शासनको आरम्भ १०७ शक संवत् वा १८५ ईस्वी संवत्मा सुरु भएको हो ।
– उल्लेखित ई.सं. बाट पूर्व काल गणना गरेर हिसाब गर्दा निस्कने अङ्क १९६४ –१९६३ वर्ष ८ महिना) मा १८५ घटाएपछि हुन आउने १७७९ –१७७८ वर्ष ८ महिना) योगफलमा ई.सं. २०१७ को योगफल ३७९६ हुन आउँछ ।
– उक्त २७ डिसेम्बर २०१० को निर्णय इतिहासकार तथा संवत् विशेषज्ञ प्रा.डा. जगदीशचन्द्र रेग्मी, किरात समन्य समितिका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार मञ्जुल याक्थुम्बा, किरात इतिहासकार दुर्गाहाङ याक्खा राई, किरात येले संवत् अध्ययन समन्वय समितिका तर्फबाट सहसंयोजक प्रेम बहादुर बेघाको संयुक्त हस्ताक्षरमा १० जनवरी २०११ का दिन किरात समन्वय समितिका अध्यक्ष चतुरभक्त राईलाई विशेष कार्यक्रमका बीच “किरात येले संवत् काल निर्धारण प्रतिवेदन” हस्तान्तरण गरियो ।
– उक्त “किरात येले संवत् काल निर्धारण प्रतिवेदन”को बोदार्थ निम्न संस्था तथा महानुभावहरुलाई दिइएको थियो : –१) किरात याक्खा छुम्मा, केन्द्रीय कार्य समिति, ललितपुरस –२) सुनुवार सेवा समाज, केन्द्रीय कार्य समितिस –३) किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्य समितिस –४) किरात राई यायोक्खा, केन्द्रीय कार्य समितिस –५) प्रा.डा. जगदीशचन्द्र रेग्मीस –६) मञ्जुल याक्थुम्बा र, –७) किरात इतिहासकार दुर्गाहाङ याक्खा राई ।

किरात येले संवत् सरकारी मान्यताका लागि भएका प्रयास
– २०६६ साल पुस १ गते टङ्कराम सुनुवारको अध्यक्षतामा किरात याक्खा छुम्माको कार्यालयमा किरात समन्वयस समितिको बैठक बसी किरात येले संवत्लाई सरकारी मान्यता दिलाउनका लागि मञ्जुल याक्थुम्बाको संयोजकत्वमा ज्ञापनपत्र मस्यौदा तयारी समिति गठन गरी अन्तिम रुप दिई सरकार तथा राष्ट्र प्रमुख र सरोकारवाला निकायमा डेलिगेसन निम्न अनुसार गइयो ।
– राष्ट्रपति डा. रामवरण यादवलाई २०६६ माघ १० गते स्मरणपत्र बुझाइयो ।
– सभामुख सुवासचन्द्र नेम्बाङलाई २०६६ माघ ११ गते स्मरणपत्र बुझाइयो ।
– प्रधानमन्त्री माधवकुमार नेपाललाई २०६६ पुस ३० गते ज्ञापनपत्र बुझाइयो ।
– संस्कृतिमन्त्री मिनेन्द्र रिजाललाई २०६६ माघ १२ गते मागपत्र बुझाइयो ।
– प्रमुखप्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई २०६६ माघ ७ गते स्मरणपत्र बुझाइयो ।
पात्रो निर्माणका प्रयास –समस्या र समाधान)
– यलम्बर फाउन्डेसनको पहलमा वि.सं. २०६९/०७० त्यस अनुसार सन् २०१३/०१४ मा प्रकाशित किरात येले ३७९२ कलिगत आधारित ५०७३) पात्रो येले संवत्को नाममा प्रकाशित पहिलो पूर्ण पात्रो हो ।

समस्या प्रस्तावित समधान
किरात येले संवत्को पात्रो चान्द्र या सौर्य पात्रोको आधारमा निर्माण गर्ने ? चान्द्र पात्रोका आधारमा किरात येले संवत्को पात्रो निर्माण गर्ने ।
किरात येले संवत्को नयाँ वर्षको आरम्भ दिन माघ १ गते या माघ शुक्ल प्रतिपदालाई मान्ने ? किरात येले संवत्को नयाँ वर्षको आरम्भको दिन माघशुक्ल प्रतिपदालाई मान्ने ।
किरात येले संवत्को समय आधार बिन्दु पाटनको पटुकोडोँलाई मान्ने कि अन्यलाई मान्ने ? किरात येले संवत्को समयको आधारबिन्दु पटुक राजाको दरबार मानिएको पाटनको पटुकोडोँलाई मान्ने ।
अबको बाटो
चारै किरात संस्था र अन्य संंस्थाहरुले सामुहिक छलफल गरी टुङ्गोमा पुगेर सरकारी मान्यता दिलाई अगाडि बढाउनु पर्छ ।

किरात यलम्बर सवत ३७९६ नयाँ बर्षको पहिलो दिन माघ १ गते (विश्वास दीप तिगेला)

सन्दर्भ किरात यलम्बर सवतकोः

१. यो प्रथम किरात राजा यलम्बरको शासन शुरु भएको विन्दुबाट गणना हो । किरात उत्पतिको गणना होइन ।
२. यो मुख्यतया यलम्बरलाई पूर्खा मान्नेहरुको सवत हो चुम्लुङ, यायोक्खा, याख्खा, सुनुवारको मात्र होइन ।
३. खोज शुरुवात नै ५०७७ को गणना विन्दु पत्ता लगाउन शुरु गरिएको हो अन्ततः ३७९६ पत्ता लागेको हो । त्यो ५०७७ को सबैभन्दा धेरै माया अध्ययन समन्वय समितिका खोजकर्ताहरुमा छ तर अफसोच गणनाको विन्दु भेटिएन र विवस भएर अन्तिम होइन तर अहिले सम्म भेटिएका आधार मध्येको विश्वास योग्य ३७९६ मान्न बाध्य भएको अवस्था हो ।
४. यो विवाद होइन । सिर्फ आधार भेटिएको कुरा मात्र बाहिर ल्याइएको हो । यलम्बर सवत अध्ययन समन्वय समितिले अब सबैले आधार भेटिएकोलाई प्रयोग गर्न आग्रह गर्दछ तर कसैले आधार नभेटिएकोलाई मानेमा पनि विरोध गर्दैन । खोजमा भेटिएको कुरा दिने हो ।
५. प्राप्त दस्तावेज अध्ययन गर्नुहुनेहरुले अब ३९९६ लाई शुरु गरिसक्नु भएको छ । केहीले असहमति जनाउनु भएको छ । असहमति राख्नुहुनेले सवंतको मिति संग होइन प्रकृया संग असहमति भन्नु भएको छ । प्रकृया महत्वपूर्ण होइन पत्ता लागेको सवत् महत्वपूर्ण हो । असहमत हुनुहुनेहरुले खोज गर्ने टिम बनाएर नयाँ तथ्यको लागि काम गरिदिए यो सवत् अध्ययन समन्वय समिति आभारी हुनेछ र सक्दो सहयोग गर्न तयार छ । कसले सहमत गरयो, विरोध गरयो संग सरोकार होइन हामीलाई विश्वासयोग्य इतिहास संग चासो र सरोकार हो ।
६. किरात दावी गर्ने चुम्लुङ, यायोक्खा, याख्खा, सुनुवार संगठनको सयुक्त सहभागिता र पहलमा ३७९६ पत्ता लागेको र निर्धारण गरिएको हो ।
७. प्राज्ञिक खोजका प्राय सबै प्रकृया पुरा गरिएको छ ।
९. जसले गणनाको आधार नभेटिएको ५०७७ लाई प्रयोग गर्छन कसैले विरोध नगरौ सबैमा स्वतन्त्रताको हक छ र विस्तारै गणनाको विन्दु भेटिएकोमा नआई सुखै छैन ।
१०. किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति र धरान चुम्लुङले पूर्व प्राज्ञ सदस्य अमर तुम्याहाङलाई निमन्त्रणा गरि किरात यलम्बर सवतको बारेमा जानकारी दिन गत १० जनवरी २०१७ मा आग्रह गर्नुभयो र वहाको प्रस्तुतीमा एकाध बाहेक सबैको सहमति देखिए र चुम्लुङ अध्यक्ष ज्यूले वहाको कार्यकाल एक बर्ष बाँकी रहेको र यहि अवधि भित्र यस विषयलाई टुगो लगाएर मात्र विदा हुने प्रतिबद्धता गर्नुभयो ।
८. यस बर्ष २०७३ साल माघ १ गते १५ जनवरी २०१७) किरात यलम्बर सवत् ३७९६ को पहिलो दिन हो ।

नयाँ बर्षहरु (in 2017):
१. ग्रेग्रियन (क्रिश्चयन) क्यालेण्डरको नयाँ बर्ष जनवरी १, २०१७, Solar
२. पंन्चांग (हिन्दु) क्यालेण्डरको नयाँ बर्ष बैशाक १, २०७४, Lunar
३. बुद्धिष्ट क्यालेण्डर नयाँ बर्ष अप्रिल १, २५५४ Solar
४. हिज्री (मुस्लिम) क्यालेण्डर नयाँ बर्ष सेप्टेम्बर २२, १४३९, Lunar
५. यलम्बर (किरात) क्यालेण्डर नयाँ बर्ष माघ १, ३७९६, Lunar
६. नेपाल सवत (हिन्दु/बुद्धिष्ट) क्यालेण्डर नयाँ बर्ष नोभेम्बर १२, ११३८ Lunar

– विश्वास दीप तिगेला

पुराना सभ्यताहरू र किरात येले संवतको कुरा (विक्रम सुब्बा)

पुराना सभ्यताहरू र किरात येले संवत:

१. मेसोपोटामियाको सभ्यताको समय 3300-750BC (अर्थात, ५३१७ वर्ष पुरानो)
२. प्राचीन ईजिप्टको सभ्यताको समय 3150 BC – 30 BC (अर्थात, ५१६७ वर्ष पुरानो)
३. सिन्धुघाटीको सभ्यताको समय 2600BC-1900BC (अर्थात, ४६१७ वर्ष पुरानो)
४. माया सभ्यताको समय 2000 BC-1540 AD (अर्थात, ४०१७ वर्ष पुरानो)
५. प्राचीन ग्रीक सभ्यताको समय 800 BC-600 AD (अर्थात, २८१७ वर्ष पुरानो)
६. पर्सियन (फारसी) सभ्यताको समय 550 BC – 651 AD (अर्थात, २५६७ वर्ष पुरानो)
७. छोला राजवंशको समय 350BC-1279AD (अर्थात, २३६७ वर्ष पुरानो)
८. चिनीया सभ्यताको समय 221 BC-1912 AD (अर्थात, २२३८ वर्ष पुरानो)
९. रोमन सभ्यता समय 27 BC-1453 AD (अर्थात, २०४४ वर्ष पुरानो)
१०. मंगोल साम्राज्यको समय 1206-1368AD (अर्थात, ८११वर्ष पुरानो)
११. आज्टेक्स सभ्यताको समय 1428 AD – 1521 AD (अर्थात, ५८९ वर्ष पुरानो)
१२. ईन्का सभ्यताको समय 1438 AD to 1533 AD (अर्थात, ५७९ वर्ष पुरानो)
१३. मुगल साम्राज्यको समय 1526-1857AD (अर्थात, ४९१ वर्ष पुरानो)

टिप्पणीः
१. उल्लेखित १३ सभ्यताहरू मध्ये सबैभन्दा पुरानो सभ्यता मेसोपोटामियाको सभ्यता देखिन्छ जुन ५३१७ वर्ष पुरानो हो । दोस्रो पुरानो सभ्यता प्राचीन ईजिप्टको सभ्यता देखिन्छ जुन ५१६७ वर्ष पुरानो हो । त्यसपछि सिन्दुघाटीको सभ्यता ४६१७ वर्ष पुरानो देखिन्छ ।

२. किरात राजा यलम्बरले यदि ५०७७ वर्ष पहिले नेपाल खाल्डोमा शासन गर्न थालेको हो भने त किरात सभ्यता सन्सारको सबैभन्दा पुरानो सभ्यताहरू मध्ये एक सभ्यता पो हुन गयो त ! यसो हो भने त अहिले सम्मका सभ्यताका अध्येताहरूले किरात सभ्यतालाई अध्ययन नगरेका हुन् त? यो त संभव छैन । अहिले सम्मका सामज शास्त्री, मानव शास्त्रीले किरात सभ्यता सबैभन्दा पुरानो भनि कतै उल्लेख गरेका छैनन् । माया सभ्यता पनि ४०१७ वर्ष पुरानो मात्र देखिन्छ । अरु सभ्यता त ३ हजार वर्ष भन्दा कम समयका सभ्यता देखिन्छन् । यसरी हेर्दा पनि प्रथम किरात राजा यलम्बरको शासन ५०७७ वर्ष पहिले सुरु भएको भन्ने कुरा तथ्यपरक देखिँदैन ।

Ref.
http://www.thetoptens.com/greatest-civilizations/
http://www.ancienthistorylists.com/ancient-civilizations/10-oldest-ancient-civilizations-ever-existed/