जया वर्माको मूर्ति र नेपालको वर्मा वंश

लैनसिंह बाङदेल लिखित “जया वर्माको मूर्ति र नेपालको वर्मा वंश” नामको पुस्तकमा लिच्छवी राजा जय वर्माको संवत १०७ (ई.१८५) उल्लेख भएको मालीगाउँमा पाइएको हाल राष्ट्रिय संग्रहलायमा रहेको पूर्ण कदको मूर्ती संकलित र संग्रहित रहेकोछ । यही पुरातात्विक प्रमाणको आधारमा किरात कालको अन्त्य ई. १८५ मा भएको मानिन्छ । यही ई. १८५ लाई किरातहरूको शासन अन्त्य भएको मानेर येले संवतको प्रमाणित गणना गरिएकोछ । सो को विवरण तल दिईएकोछ –

येले सम्बतको (नयाँ) आधार (सन् २०१७ मा)

१। ३२ पुस्ता किरात राजाहरुको शासन काल १९६४ (१९६३ वर्ष ८ महिना) वर्ष रहेको ।

२। किरातहरूको सासनको अन्त्य लिच्छिवी राजा जय वर्माको पालामा भएको भन्ने कुरा काठमाण्डुको माली गाउँमा पाइको जय वर्माको सालिकबाट प्रमाणित भएको । सो सालिकको संवत १०७ अथवा ई. १८५ हुन आउँने । (Bangdel, Lainsingh)

३। जय वर्माको सालिकको ई. १८५ मा किरात राजाहरूको शासन समय १९६४ (१९६३ वर्ष ८ महिना) घटाउँदा ईपू १७७९।८ वर्षमा पुगिन्छ ।

४। ई. १७७९ वर्ष ८ महिनाबाट किरात राजा यलम्बरको शासन सुरु भएको हिसाब निस्कन्छ । यही १७७९।८ मा सन् (हालको) २०१७ जोड्दा ३७९५।८ (अर्थात सन् २०१७ मा येले वर्ष ३७९६) हुन्छ । (माघे सक्रान्तीका दिनदेखी ३७९६ सुरु हुन्छ )

(स्रोतः प्रडा जगदीशचन्द्र रेग्मी, नेपाली किरात जातिको गौरवपूर्ण इतिहासको परिप्रेक्षमा किरात येले संवतको प्रचलन तथा संवैधानिक उपक्रम, किरात येले संवत अध्ययन समन्वय समिति, २०१०, पृष्ठ १३ र पृष्ठ २२७)

स्रोत: विक्रम सुब्बा